दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिता अन्तरगत सप्तरीमा सम्पन्न प्रदेश २ स्तरिय महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले हात पारेको छ ।
आइतबार राजविराजस्थित राजरंगशालामा सम्पन्न फाइनल खेलमा सिरहालाई ८ विकेटले हराउँदै महोत्तरीले सो उपाधी हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको सिरहा निर्धारित २० ओभरको खेलमध्ये १४ दशमलव ५ ओभरमै सब विकेट गुमाउँदै ८६ रनको चुनौती पेश गरेको थियो । सिरहाका लागि कविता गौतम २४, उर्मिला चौधरी १५ र सरस्वती चौधरीले १४ रनको योगदान दिएका थिए ।
बलिङतर्फ महोत्तरीकी शोभा आलेले घातक वलिङ गर्दै ५ तथा बिमला मगरले ३ र रोजि कडारीले २ विकेट लिएकी थिइन् । जवाफी ब्याटिङमा उत्रेको महोत्तरीले १४ दशमलब ४ ओभरमै २ विकेटको क्षतिमा बिजयी लक्ष्य प्राप्त गरेको थियो ।
महोत्तरीका लागि बिमला मगरले सर्वाधिक ३२ तथा गोमा आले २४ र रोजि कडारीले २१ रनको योगदान दिएका थिए । प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै विपक्षि टिमको ५ विकेट लिए वापत महोत्तरीकी शोभा आले प्लेयर अफ द फाइनल घोषित भइन् ।
प्रतियोगिता अन्तरगत उत्कृष्ट बलर महोत्तरीकी रोजि कडारी, उत्कृष्ट ब्याटसम्यान सिरहाका अनुराधा चौधरी तथा प्लेयर अफ द सिरिज महोत्तरीकी बिमला मगर घोषित भए ।
प्रतियोगिता समाप्तिपछि क्रिकेट संघ सप्तरीका अध्यक्ष एवं प्रदेश २ का सचिव आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाठी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, प्रदेश २ क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, छनौट प्रतियोगिता प्रदेश २ का संयोजक मुर्तुजा हवारी, खेलकुद पत्रकार संघका अध्यक्ष मनोज कुमार माझी, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, वडा अध्यक्ष जयनारायण मण्डल, प्रशिक्षक राजकुमार दास, प्रकाश शर्मा लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
सारांश
- आइतबार राजविराजस्थित राजरंगशालामा सम्पन्न फाइनल खेलमा सिरहालाई ८ विकेटले हराउँदै महोत्तरीले सो उपाधी हात पारेको हो ।
- टस जितेर पहिलो ब्याटिङ रोजेको सिरहा निर्धारित २० ओभरको खेलमध्ये १४ दशमलव ५ ओभरमै सब विकेट गुमाउँदै ८६ रनको चुनौती पेश गरेको थियो ।
- सिरहाका लागि कविता गौतम २४, उर्मिला चौधरी १५ र सरस्वती चौधरीले १४ रनको योगदान दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया