नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 

राजविराज राजविराज
|
आइतबार, आषाढ १, २०७६
|
|
४० पटक हेरिएको
Shares
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 

सारांश

  •     चौधरीद्वयको जोडीले बिनय चौधरी र जोन जसराजको जोडिलाई २१÷१४ र २१÷१९ को सोझो सेटमा पराजित गर्दै जिल्ला स्तरीय व्याडमिन्टनको उपाधि हात पार्न सफल भएका हुन् ।
  •       जेठ ३० गतेबाट संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत जिल्ला स्तरीयमा सुनिल परियार र शुशिल मण्डल तथा सुनिल चौधरी र सचिन चौधरीले तेश्रो स्थान प्राप्त गरेका छन् ।
  •       चार बिद्यामा खेलाइएको उक्त प्रतियोगिता अन्र्तगत सुपर भेट्रान्स तर्फ संजय जोशी र प्रकाश मल्लको जोडी प्रथम तथा सचेन्द्र यादव र देवनारायण चौधरीको जोडी दोश्रो भएका छन् भने गोबिन्द बहादुर खत्रीको जोडि तेश्रो भएका थिए ।

दैनिक समचारदाता
राजविराज, १ असार । 
    सप्तरी जिल्ला ब्याडमिन्टन संघ र हिमालय क्लब राजबिराजको संयुक्त आयोजनामा संचालित जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी निरेन्द्र चौधरी र संजय चौधरीको जोडीले हात पारेका छन् । 
    चौधरीद्वयको जोडीले बिनय चौधरी र जोन जसराजको जोडिलाई २१÷१४ र २१÷१९ को सोझो सेटमा पराजित गर्दै जिल्ला स्तरीय व्याडमिन्टनको उपाधि हात पार्न सफल भएका हुन् । 
    जेठ ३० गतेबाट संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत जिल्ला स्तरीयमा सुनिल परियार र शुशिल मण्डल तथा सुनिल चौधरी र सचिन चौधरीले तेश्रो स्थान प्राप्त गरेका छन् । 
    चार बिद्यामा खेलाइएको उक्त प्रतियोगिता अन्र्तगत सुपर भेट्रान्स तर्फ संजय जोशी र प्रकाश मल्लको जोडी प्रथम तथा सचेन्द्र यादव र देवनारायण चौधरीको जोडी दोश्रो भएका छन् भने गोबिन्द बहादुर खत्रीको जोडि तेश्रो भएका थिए । 
    त्यसै गरि भेट्रान्स तर्फ निरेन्द्र चौधरी र दिपेन्द्र चौधरीको जोडिले प्रथम स्थान प्राप्त गरेका थिए भने शम्भु चौधरी र सलिम अस्लम दोश्रो तथा उदय श्रेष्ठ र राजेन्द्र खड्काको जोडिले तेश्रो स्थान प्राप्त गरेका थिए । 
    प्रतियोगिता अन्र्तगत नै यज्ञराज भण्डारी र राजेन्द्र खडकाको जोडीले नगर स्तरीयमा प्रथम स्थान प्राप्त गरे भने संतोष मण्डल र संजय जोशीको जोडीले दोश्रो स्थान प्राप्त गरेका छन् । उमेश गुप्ता र निरज कर्ण तथा धिरेन्द्र पटेल र मो.फिरोजको जोडीले तेश्रो स्थान प्राप्त गरेका थिए । 
    बिजय खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र बर्मा, जिल्ला व्याडमिन्टन संघका अध्यक्ष अरुण शारदा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, आयोजक समितिका संयोजक भोलानाथ साह लगायतले ट्रफि नगद प्रमाण पत्र तथा मेडल बितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित 
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्कका साथै स्वास्थ्य सम्बन्धी सतर्कत अपनाइयो