मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, माघ १०, २०७८
|
|
४९ पटक हेरिएको
Shares
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन

सारांश

  •     मन्त्री यादवमाथी जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउतले षडयन्त्र गरेको भन्दै उनीहरु प्रदर्शनसहित नाराबाजि गरेका हुन् ।
  •     मन्त्री यादवको समर्थनमा प्रदेश महिला संघ र समाजवादी महिला संघ सप्तरीको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुस डा.

दैनिक समाचारदाता
राजविराज, १० माघ । 
    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव समर्थित कार्यकर्ताहरुले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बिरुद्ध सोमबार राजविराजमा प्रदर्शन गरेका छन् । 
    मन्त्री यादवमाथी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले षडयन्त्र गरेको भन्दै उनीहरु प्रदर्शनसहित नाराबाजि गरेका हुन् ।
    मन्त्री यादवको समर्थनमा प्रदेश महिला संघ र समाजवादी महिला संघ सप्तरीको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुस डा. राउत बिरुद्ध नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेको थियो । 
    सो क्रममा सहभागिहरुले महिलामाथीको अभद्र व्यवहार बन्द गर, दोषिमाथी कारवाही गर लगायतका नाराबाजी गर्दै जुलुस जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । 
    सभालाई प्रदेश सभा सदस्य अभिषेक यादव, जसपा महिला विभागकी सचिव लक्ष्मी चौधरी, समाजवादी महिला संघकी जिल्ला सचिव राखी यादव, हुनमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जसपा नेता लक्ष्मण यादव लगायतले सम्बोधन गर्दै किसान आन्दोलनका नाममा अराजक गतिविधी गर्न लागेको भन्दै त्यस्ता गतिविधी नियन्त्रण गर्नुपर्नेमा बताए ।     यसअघि आइतबार जनमत पार्टीका कार्यकर्ताहरुले मन्त्री यादवको पुतला दहन गदै उनको बर्खास्तीको माग गरेका छन् । माघ ५ गते बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवले सार्वजनिक सभाबाटै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्ति बिरुद्ध मन्त्री यादवको पुतला दहन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
राष्ट्रिय एकता दिवस मनाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण