कर्मचारी सहिदको शालिकमा माल्यार्पण

राजविराज राजविराज
|
मंगलबार, माघ १६, २०८०
|
|
९३ पटक हेरिएको
Shares
कर्मचारी सहिदको शालिकमा माल्यार्पण

सारांश

  •     मंगलबार बिहान जिल्ला समन्वय समिती सप्तरीको कार्यालय परिसरमा स्थापना गरिएको उनको शालिकमा जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, पुर्व प्रमुख प्रभाकर यादव, छिन्नमस्त गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका पूर्वमेयर शम्भुप्रसाद यादव, कर्मचारीहरु, विभिन्न दलका नेता लगायतले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
  •     यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउपालिका ८ स्थित तोपा बजारमा उनको स्मृती एवं सम्मानमा निर्माण गरिएको शालिकमा समेत माल्यार्पण गरिएको हो ।
  •       वि.

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।

    सहिद दिवसको अवसरमा मंगलबार कर्मचारी सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरि श्रद्धाञ्जली दिइएको छ । 
    मंगलबार बिहान जिल्ला समन्वय समिती सप्तरीको कार्यालय परिसरमा स्थापना गरिएको उनको शालिकमा जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, पुर्व प्रमुख प्रभाकर यादव, छिन्नमस्त गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका पूर्वमेयर शम्भुप्रसाद यादव, कर्मचारीहरु, विभिन्न दलका नेता लगायतले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
    यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउपालिका ८ स्थित तोपा बजारमा उनको स्मृती एवं सम्मानमा निर्माण गरिएको शालिकमा समेत माल्यार्पण गरिएको हो । 
    वि.स.२०१७ सालमा तिलाठी कोइलाडी गाउँपालिका ८ बभनगामाकट्टीमा जन्मेका यादवलाई २०६४ साल कार्तिक १२ गते साँझ कार्यालयको काम सकेर मोटरसाईकल चढी घर फर्किर्द गर्दा राजविराज–हनुमाननगर सडक खण्ड अन्र्तगतको खाँडो पुल नजिकै अपराधिक समुहले गोली हानी हत्या गरेका थिए । 
    उनी तत्कालिन जिल्ला विकास समिती सप्तरीको नायब सुब्बा पदमा कार्यरत थिए । स्थानीयतह कर्मचारी संघ सप्तरीको पहिलो जिल्ला अध्यक्ष समेत रहेका उनको हत्या पश्चात् कर्मचारीहरुको आन्दोलन तथा उक्त आन्दोलनमा पेशागत संगठन, राजनितीक दल र नागरिक समाजको समेत सहभागिता बढ्दै गएपछी २०६४ साल कार्तिक १७ गते बसेको मन्त्री परिषदको बैठकले स्व.यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
जनमतद्वारा मन्त्रीको पुतला दहन
जनमतद्वारा मन्त्रीको पुतला दहन
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान