दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित एक घरमा बिहीबार आगलागी हुदा नगद ६६ हजार २ सय नगद जल्नुका साथै लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनी निवासी सुरेश यादवको राजविराज ७ स्थित घरमा आगलागि हुदा नगदसहित करिब पाँच लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।
यस्तै सोही घरमा डेरा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउपालिका वडा न. ७ का सोवन परियारको समेत नगद र विभिन्न सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
परियारको कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी हुँदा कोठामा भएको लत्ताकपडा र नगद एक हजारको ४१ थान, पाँच सयको नोट ४० थान, एक सयको नोट ४४ थान र ५० को नोट १६ थान गरि ६६ हजार २ सय जलेको प्रहरीले जनाएको छ ।
यता आगोमा कुनै मानविय क्षति नभएको तथा स्थानियबासी र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो
सारांश
- सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.
- १ जमुनी निवासी सुरेश यादवको राजविराज ७ स्थित घरमा आगलागि हुदा नगदसहित करिब पाँच लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।
- यस्तै सोही घरमा डेरा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउपालिका वडा न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया