गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन

राजविराज राजविराज
|
आइतबार, बैशाख १९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन

सारांश

  •     अस्पतालको परिसर भित्रै एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) कक्षको निर्माण गरी सो अस्पताल सञ्चालनमा आएको अस्पतालका प्रमुख डा.
  • रणजीत कुमार झाले जानकारी दिएका छन् ।
  •     एचडीयुलाई जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख । 
    कोरोना भाइरस संक्रमितको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारबाट अत्याधुनिक सुविधासहितको २५ बेडको कोभिड–१९ अस्पताल सञ्चालनमा आएकोे छ । 
    अस्पतालको परिसर भित्रै एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) कक्षको निर्माण गरी सो अस्पताल सञ्चालनमा आएको अस्पतालका प्रमुख डा. रणजीत कुमार झाले जानकारी दिएका छन् ।
    एचडीयुलाई जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।
    यता जिल्ला संकट व्यवस्थापन केन्द्रले तीन दिनभित्र साईकृष्ण मेडिकल कलेज भवनमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको भन्दै प्रमुख डा. झाले स्थानीय तह, प्रदेश र संघबाट बजेट र जनशक्ति उपलब्ध भएमा ३० बेड सम्मको आइसोलेशन सञ्चालन गर्न सकिने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?