दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका ६ खाडो खोलास्थित पुर्व पश्चिम राजमार्गमा बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जना घाइते भएका छन् ।
पश्चिमबाट पुर्व तर्फ जाने क्रममा को१क ८४८ नं.को ग्यास सिलिन्डर बोकेको ट्रकको गियर बक्स बिग्री रोडको उत्तर पट्टि साईडमा रोकी राखेको अवस्थामा सोही दिशा तर्फ जादै गरेको स६प ९९०५ नं.को माटरसाइकलले पछाडीबाट ठक्कर दिएको हो ।
सो घटनामा मोटरसाइकल चालक जिल्लाकै अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ मटिगाढा टोल निवासी ५० वर्षिय योगेन्द्र प्रसाद चौधरीको अनुहारमा र बाँया हातमा चोट लागेकोले युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ ।
यसैगरि जिल्लाको हनुमाननगर कंकालिनी १ कंकालिनि मंन्दिर स्थितपुर्व पश्चिम लोक राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बीआर३८जेड६००३ नम्बको कारले मोटरसाइकललाई ठक्कर दिएर कार भाग्न खोज्दा अनियन्त्रित भई पल्टिएको छ ।
सो दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन् । सोही दिशा तर्फ जादै गरेको को३६प४८०५नं.को मोटरसाइकललाई कारले ठक्कर दिएको हो ।
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
सारांश
- पश्चिमबाट पुर्व तर्फ जाने क्रममा को१क ८४८ नं.
- को ग्यास सिलिन्डर बोकेको ट्रकको गियर बक्स बिग्री रोडको उत्तर पट्टि साईडमा रोकी राखेको अवस्थामा सोही दिशा तर्फ जादै गरेको स६प ९९०५ नं.
- को माटरसाइकलले पछाडीबाट ठक्कर दिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया