दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
आइतबारदेखी वडा दशैं सुरु भएको छ । घटस्थापनासँगै सुरु भएको दशैंको चहलपहल सप्तरीमा पनि शुरु भएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, चण्डी दुर्गा भगवती, राजदेवी लगायतका शक्तीपीठहरुमा विषेश पुजाअर्चनासंगै जमरा राखिएको छ ।
यस अवसरमा शक्तीपीठहरुलाई सिंगारिने तथा विभिन्न टोल र चोकमा समेत दुर्गा प्रतिमा निर्माण गरिदै छ ।
नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा यस वर्ष पनि लाखौं श्रद्धालु भक्तजनहरु आउने अनुमान सहित सोही अनुसारको तयारी गरिएको मन्दिरका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए । यस्तै चाडपर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउन चाडपर्व विषेश सुरक्षा योजना बनाएको छ । विषेश सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, मोबाईल टोली, बजार अनुगमन, यात्रु सहायता कक्ष निर्माण र रिफ्रेस प्वाइन्ट लगायतका ब्यवस्था मिलाइएको प्रहरी उपरिक्षक रुपक खडकाले जानकारी दिए ।
जिल्लाका सबै सम्वेदनशिल क्षेत्रका साथै जिल्लाभर युनिफर्म र सादा पोशाकका ८ सय ५७ तथा ट्राफिक प्रहरी तर्फका ३९ गरी कुल ८ सय ९६ प्रहरी परिचालन गरिने उनले बताए । अपुग भएका तथा आवश्यक्ता अनुसार तालुक मधेश प्रदेश प्रहरीबाट थप जनशक्ती माग गरिने उनको भनाई छ ।
चाड पर्वको समयमा अत्याधिक भीडभाड हुने बैंक तथा वित्तिय संस्था, सुनचाँदी पसल, पार्किंङ स्थलका साथै प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा निगरानीका लागी थप प्रहरी परिचालन हुने उनको भनाई छ ।
प्रतिक्रिया
० प्रतिक्रिया