चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट

राजविराज राजविराज
|
शनिबार, मंसिर २८, २०७६
|
|
९८ पटक हेरिएको
Shares

सारांश

  •     अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो ।
  •       कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे ।
  •       उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    उच्च अदालत जनकपुर, राजविराज इजलासले चालु आ.ब. को पाँच महिनाको अवधीमा ९ सय ४३ मुद्दा फर्छयोट गरेको छ । 
    अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो । 
    कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे । 
    उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् । उनले जिम्मेवारी सरेर आएको १ हजार ५ सय ४८ तथा नयाँ दर्ता १ हजार १ सय ३१ मध्ये ९ सय ४३ मुद्दा फर्छयोट भएको तथा बाँकी १ हजार ७ सय ३७ मुद्दा छिटो छरितो ढंगले न्याय सम्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको सो अवसरमा जानकारी दिए । 
    नागरिक मैत्री न्यायलयको  अवधारणा अनुरुप निशुल्क कानूनी सहायता केन्द्र स्थापना, कारागार भित्र न्याययिक शिविर, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका र विकास निर्माण पक्षमा रहेका मुद्दालाई प्राथमिकतामा राखेको उनले बताए । 
    उनले अदालतको बाहिरी परिषरमा चल्ने दलालीले न्यायलयको सेवा प्रभावित बन्ने गरेका कारण प्रदेशद्वारमै बिचौलियालाई निषेध गर्ने काम कडाईका साथ लागु गरिएको सुनाए । 
    कार्यक्रमममा सहभागी संचारकर्मीहरुले उच्च अदालतले ल्याएको कार्यक्रमले सार्थकता पाए सेवाग्राहीमा अदालतप्रतिको आस्था र विश्वासमा अभिवृद्घि हुने धारणा राखेका थिए ।  
    सो कार्यक्रममा जिल्ला बारका अध्यक्ष डोमन साह लगायत अन्य न्यायाधिश तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता