चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट

राजविराज राजविराज
|
शनिबार, मंसिर २८, २०७६
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  •     अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो ।
  •       कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे ।
  •       उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    उच्च अदालत जनकपुर, राजविराज इजलासले चालु आ.ब. को पाँच महिनाको अवधीमा ९ सय ४३ मुद्दा फर्छयोट गरेको छ । 
    अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो । 
    कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे । 
    उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् । उनले जिम्मेवारी सरेर आएको १ हजार ५ सय ४८ तथा नयाँ दर्ता १ हजार १ सय ३१ मध्ये ९ सय ४३ मुद्दा फर्छयोट भएको तथा बाँकी १ हजार ७ सय ३७ मुद्दा छिटो छरितो ढंगले न्याय सम्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको सो अवसरमा जानकारी दिए । 
    नागरिक मैत्री न्यायलयको  अवधारणा अनुरुप निशुल्क कानूनी सहायता केन्द्र स्थापना, कारागार भित्र न्याययिक शिविर, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका र विकास निर्माण पक्षमा रहेका मुद्दालाई प्राथमिकतामा राखेको उनले बताए । 
    उनले अदालतको बाहिरी परिषरमा चल्ने दलालीले न्यायलयको सेवा प्रभावित बन्ने गरेका कारण प्रदेशद्वारमै बिचौलियालाई निषेध गर्ने काम कडाईका साथ लागु गरिएको सुनाए । 
    कार्यक्रमममा सहभागी संचारकर्मीहरुले उच्च अदालतले ल्याएको कार्यक्रमले सार्थकता पाए सेवाग्राहीमा अदालतप्रतिको आस्था र विश्वासमा अभिवृद्घि हुने धारणा राखेका थिए ।  
    सो कार्यक्रममा जिल्ला बारका अध्यक्ष डोमन साह लगायत अन्य न्यायाधिश तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे मोटरसाइकल र साडी बरामद
वेवारिसे मोटरसाइकल र साडी बरामद
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
मधेस प्रदेशको लगातार दोस्रो जित
मधेस प्रदेशको लगातार दोस्रो जित
खडक नगरपालिका ११ बालविवाह मुक्त घोषणा
खडक नगरपालिका ११ बालविवाह मुक्त घोषणा
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
तलबका लागि मदरसामा तालाबन्दी
तलबका लागि मदरसामा तालाबन्दी
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन