दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवले प्रदेशका तर्फबाट योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउनका लागि विभिन्न योजना अघि बढेको बताएका छन् ।
क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीको विशेष साधारण सभाको शनिवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले खेलकुद क्षेत्रको विकास भए विकास निर्माणका अन्य कामले पनि गति लिने बताउँदै खेलकुदको विकासले युवाहरुलाई कुलतबाट जोगाउनुका साथै विकास निर्माण र पर्यटनको विकासमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
राजविराजस्थित राजरंगशालालाई नयाँ स्वरुप दिन प्रदेश सरकारले आवश्यक बजेट छुट्याइएको छ, यति मात्र होइन नेपाली टोलीले पनि स्तरीय प्रर्दशन गर्न थालेको क्रिकेट खेलको विकासका लागि पनि पर्याप्त बजेट व्यवस्था गर्न लागेको जानकारी दिए ।
प्रदेश सभा सदस्य सत्तिश सिंहले खेलकुदको विकासको लागि जिल्ला जिल्लामा खेल पूर्वाधार निर्माणलाई प्राथमिक्ता राखेको बताए । मधेश प्रदेशको अर्थ समितिका संयोजक समेत रहेका सिंहले राष्ट्रका लागि चाहिने स्तरीय खेलाडी मधेश प्रदेशबाट उत्पादनका लागि आफुहरु मिलेर काम गरिरहेको बताए ।
विशेष साधारण सभामा प्रतिष्ठानका अध्यक्ष ईन्द्र नारायण देवले स्थापनाको चार वर्षको अवधिमा क्रिकेट खेल टिमका लागि गरिएका गतिविधिहरु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्रिकेट खेलको विकासको लागि आफुहरुले तयार पारेको खाकामा सहयोग गर्न सबैसँग आग्रह गरे ।
विशेष साधारण सभामा प्रस्तुत प्रतिवेदनमा चार वर्षको अवधिमा प्रतिष्ठानले दुई पटक जिल्ला स्तरीय अन्तर विद्यालय तथा डबल राउन्ड रोविन टि–ट्वान्टी प्रतियोगिता र नगर तथा गाउँपालिकाका प्रमुखहरुको सहभागितामा अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरेको उल्लेख गरिएको छ ।
शनिवारै सम्पन्न विशेष साधारण सभाले ई. देवकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा गणेश कुमार आश, रामनारायण यादव, सचिव भोगेन्द्र चौधरी, सह सचिव नन्दकिशोर गुप्ता र कोषाध्यक्षमा अनिल कुमार चौधरी रहेका छन् ।
यस्तै सदस्यहरुमा मिरा देव, मन्जु देवी सारदा, नरेश प्रताप साह, बैजनाथ प्रसाद साह तथा संचार सचिवमा सन्जोग देवको चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
सारांश
- क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीको विशेष साधारण सभाको शनिवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
- उनले खेलकुद क्षेत्रको विकास भए विकास निर्माणका अन्य कामले पनि गति लिने बताउँदै खेलकुदको विकासले युवाहरुलाई कुलतबाट जोगाउनुका साथै विकास निर्माण र पर्यटनको विकासमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
- राजविराजस्थित राजरंगशालालाई नयाँ स्वरुप दिन प्रदेश सरकारले आवश्यक बजेट छुट्याइएको छ, यति मात्र होइन नेपाली टोलीले पनि स्तरीय प्रर्दशन गर्न थालेको क्रिकेट खेलको विकासका लागि पनि पर्याप्त बजेट व्यवस्था गर्न लागेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया