दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
राजबिराजमा संचालित महिला ईन्टर हब टि–टवान्टी प्रतियोगिताको उपाधी मोरङले हात पारेको छ ।
सप्तरी क्रिकेट संघको समन्वय तथा सबल नेपालद्वारा संचालित उक्त प्रतियोगितामा मोरङले सिरहालाई ७ विकेटले पराजित गरि उक्त उपाधी हात पारेको हो ।
टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सबै बिकेट गुमाएर ४६ रनको सानो योगफल खडा गरेको थियो । जसमा अनुराधा चौधरीले नटआउट २६ रन बनाएका थिए भने ७ जना खेलाडी शून्य मै आउट भएका थिए ।
बलिङतर्फ मोरङ महिला क्रिकेट टिमका श्रृजना राजबंशीले उत्कृष्ट बलिङ गर्दै ३ बिकेट तथा निरू राजबंशी २ बिकेट सुबेक्क्षा लिम्बू, बन्दना राजबंशी, पुर्णिमा राजबंशीले समान्य १÷१ बिकेट हात पारेकी थिइन ।
प्रतिउतरमा मोरङले ४७ रनको लक्ष्य पछ्याउने क्रममा ८ ओभरमा ३ विकेटको क्षतिमा बिजय हासिल गरेको थियो । जसमा प्रिन्सा रानामगरले नटआउट १५ रन तथा खुशी राजबंशीले ११ रन नटआउट खेलेकी थिइन् ।
उक्त प्रतियोगितामा प्लेयर अफ दि फाईनल मोरङकी श्रृजना राजबंशी भइन् । त्यस्तै बेस्ट ब्याटर मोरङकी टीका साह, बेस्ट बलर सप्तरीकी सुस्मिता यादब, प्लेयर अफ दि सिरिज सिरहाकी सरस्वती चौधरी घोषित भएको आयोजकले जनाएको छ ।
खेल समापनको अवसरमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सबल नेपालका सिनियर म्यानेजर अशोक साह, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिँह, सबल नेपालका कार्यक्रम संयोजक नवनित जैयशवाल, सप्तरी क्रिकेट संघका सदस्य संजय कार्की, धर्मेन्द्र चौधरीले बिजेता तथा उपबिजेता टिमलाई शिल्ड, कप, प्रमाणपत्र प्रदान गरेका थिए ।
मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो
सारांश
- सप्तरी क्रिकेट संघको समन्वय तथा सबल नेपालद्वारा संचालित उक्त प्रतियोगितामा मोरङले सिरहालाई ७ विकेटले पराजित गरि उक्त उपाधी हात पारेको हो ।
- टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सबै बिकेट गुमाएर ४६ रनको सानो योगफल खडा गरेको थियो ।
- जसमा अनुराधा चौधरीले नटआउट २६ रन बनाएका थिए भने ७ जना खेलाडी शून्य मै आउट भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया