बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

सारांश

  •     सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।
  •       उक्त बिधालयको बालवालिकाहरूको शिक्षा र स्वास्थ, खेलकुद, कक्षाकोठाको मर्मत सम्भार तथा कक्षाकोठाको भौतिक पुर्वाधार सुधारको साथै बिधालयको रंगरोघनका लागी ७ लाख बराबरको सहयोग गरेको सबल नेपालका समुन्नती कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
  •       सो कार्यक्रममा खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरी, उपमेयर रिता चौधरी, खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सबल नेपालले शिक्षा, स्वास्थ क्षेत्रमा पु¥याएको सहयोग प्रशंसा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 

    ४३ औं सामाजिक सेवा दिवसको अवसरमा सवल नेपालले जनहित पवल लाल आधारभुत बिधालय बनरझुलालाई फरक क्षमता भएका बिधार्थीहरूको लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 
    सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो । 
    उक्त बिधालयको बालवालिकाहरूको शिक्षा र स्वास्थ, खेलकुद, कक्षाकोठाको मर्मत सम्भार तथा कक्षाकोठाको भौतिक पुर्वाधार सुधारको साथै बिधालयको रंगरोघनका लागी ७ लाख बराबरको सहयोग गरेको सबल नेपालका समुन्नती कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए । 
    सो कार्यक्रममा खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरी, उपमेयर रिता चौधरी, खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सबल नेपालले शिक्षा, स्वास्थ क्षेत्रमा पु¥याएको सहयोग प्रशंसा गरेका थिए । 
    विद्यालयका संस्थापक अध्यक्ष विरेन्द्र चौधरीले दातृ निकाय तथा सवल नेपालाई धन्यवाद दिदैँ सधै सहयोग अपेक्षा राख्दै समुदायिक विद्यालयमा लगानी बढाउन, अभिभावकहरुलाई नियमित विद्यालय अनुगमन गर्न विद्यालयलाई आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे । 
    विद्यालयमा ९८ छात्र, १ सय १५ छात्रा गरि जम्मा २ सय १३ जना अध्यनरत रहेका छन् भने १३ जना फरक क्षमता भएका विद्यार्थीहरू छात्रावासमा रही अध्ययन गरि रहेको छ भने जसमा १० छात्र र ३ जना छात्रा रहेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो