दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
नेपाली काँग्रेसका नेता भरत प्रसाद गुप्ता रौनियारको आइतबार निधन भएको छ ।
राजविराज ५ निवासी ६८ बर्षीय गुप्ताको आईतबार साँझ आफ्नै निवासमा निधन भएको हो ।
उनी विगत ५÷६ बर्षदेखि अस्वस्थ्य रहँदै आएका थिए । वि.सं २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भई लागेका उनी प्रजातन्त्र पुनस्र्थापना पछि गठित सो वडाको बुथ समितिका सभापति समेत भएका थिए ।
रौनियार सेवा समाज सप्तरीका संस्थापक अध्यक्ष समेत भइसकेका उनलाई स्थानिय नेता तथा कार्यकर्ताले अन्तिम विदाई तथा श्रद्धान्जली अर्पण गरेका छन् ।
सोमबार विहान उनको निवासमा पुगेर काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, क्षेत्रिय सभापति महानन्द यादव, काँग्रेसका नेता शम्भुलाल देव, ध्रुव देव, अर्जुनप्रसाद साह, इरसाद अन्सारी, समिर झा, कपलेश्वर साह लगायतले पार्टीको झण्डा ओढाएर सम्मान र श्रद्धान्जली अर्पण गरेका छन् ।
श्रद्धान्जली पश्चात उनको पार्थिव शरीर कोशी व्यारेज घाटमा लगेर अनत्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
यसैबीच सोमबार नै नेपाली काँग्रेसका सभापति रामदेव साहले एक शोक बकतव्य जारी गर्दै उनको निधनप्रति गहिरो दुःख तथा सम्वेदना प्रकट गरेका छन् ।
रहेनन् पुराना काँग्रेसी भरत
सारांश
- राजविराज ५ निवासी ६८ बर्षीय गुप्ताको आईतबार साँझ आफ्नै निवासमा निधन भएको हो ।
- उनी विगत ५÷६ बर्षदेखि अस्वस्थ्य रहँदै आएका थिए ।
- वि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया