दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
सप्तरीको खडक नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादमा झगडापछी कुटपिट हुँदा जेठानीको कुटाइबाट देवरानीको पाँच महिने गर्भ तुहिएको छ ।
प्रहरीका अनुसार भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जेठानी जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो । झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उनको गर्भ तुहिएको हो ।
कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमै बसेको तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा भदौं ८ गते आईतबार गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीको सहयोगमा उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएकी उनको पेटबाट चिकित्सकले सोमबार बिहान ५ महिने मृत बच्चा निकालेका हुन् ।
इटा, मुडकी र लातीले कुटपिट गरेपछी बेहोस भएको आफूलाई चार दिन घरमै राखी उनीहरुले सामान्य उपचार गराएको ललिताले सुनाईन् । तर निको नभएपछी स्थानीय र प्रहरीको सहयोगमा आइतबार राती आफूलाई गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको उनले बताइन् ।
उनले आफूमाथी निर्घात कुटपिट गर्ने र गर्भमा रहेको शिशुको हत्या गर्नेहरुलाई अविलम्ब पक्राउ गरि कडा कारवाही हुनु पर्ने माग गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले घटनाको पुष्टि गर्दै आरोपितहरु घरमा फेला नपरेको तथा खोजि कार्य भइरहेको जानकारी दिए ।
जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
सारांश
- प्रहरीका अनुसार भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जेठानी जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो ।
- झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उनको गर्भ तुहिएको हो ।
- कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमै बसेको तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा भदौं ८ गते आईतबार गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया