विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
४४ पटक हेरिएको
Shares
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा

सारांश

  •     सो गाउँपालिका वडा २ मा शुक्रवार विधुत हुकिङ्ग गरेर चोरी गरीरहेको अवस्थामा ६ जना र अर्काे वडा न.
  • ४ का १ गरी ७ जना पक्राउ परेका हुन ।
  •       विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज शाखाका कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले वडा नं.

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 

    विद्युत चोरी गरेको आरोपमा सप्तरीको विष्णुपुर गाँउपालिकाका एउटै वडाका ६ जना गरी ७ जना पक्राउ परेका छन् । 
    सो गाउँपालिका वडा २ मा शुक्रवार विधुत हुकिङ्ग गरेर चोरी गरीरहेको अवस्थामा ६ जना र अर्काे वडा न. ४ का १ गरी ७ जना पक्राउ परेका हुन । 
    विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज शाखाका कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले वडा नं. २ का लतर मुखिया, राजदेव यादव, दुखी लाल यादव, रमेश साह, जिवछ यादव र रवी साहलाई पक्राउ गरेको छ । यस्तै विद्युत चोरी कै आरोपमा सोही गाउँपालिका वडा नं. ४ का गोविन्द साह पनि पक्राउ परेका छन् । 
    उनीहरु प्राधिकरणको विद्युत पोलमा हुक लगाई वत्ती बालिरहेको अवस्थामा पक्राउ परेको विद्युत प्राधिकरण वितरण के्न्द्र राजविराजका प्रमुख मधुसुधन यादवले जानकारी दिए । उनीहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सय जरिवाना असुली तथा सचेत गराई मात्र छाडीने प्रहरीले जनाएको छ । 
    राजविराज वितरण केन्द्र अन्र्तगत कुल ५३ हजार ९ सय ८८ ग्राहक छन् । विषेश गरी ग्रामिण क्षेत्रमा विद्युत हुकिङ्ग गरेर चोरी गर्ने गरिएको सुचना आउन थालेपछी प्रहरीको सहयोगमा निगरानी बढाइएको केन्द्रले जनाएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
जनमूखीको साधारण सभा सम्पन्न
जनमूखीको साधारण सभा सम्पन्न
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव
काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना