दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
त्रुटिपूर्ण निर्णय सच्याउन तथा शैक्षिक सुधारका विभिन्न माग अघि सार्दै राजविराजस्थित मधेस कृषि बिश्वबिद्यालयमा बिद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी लगातार चौथो दिन बुधबार पनि जारी रहेको छ ।
तालाबन्दीका कारण पठन पाठन पूर्ण रूपले ठप्प भई डेढ सय भन्दा बढी बिद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
लगातार चारदिनदेखि तालाबन्दी जारी रहदा पनि विश्वबिद्यालय प्रशासनले आफुहरूको माँग पुरा गर्ने तर्फ कुनै चाँसो नदेखाएको भन्दै आक्रोशित बिद्यार्थीहरूले बुधबार नगरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत मधेस प्रदेशका मुख्यमन्त्री, विश्व बिद्यालयका उपकुलपति, रजिस्ट्रार तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायमा ज्ञापनपत्र पठाएका छन् ।
आन्दोलनरत बिद्यार्थीहरूको एक समूह जिल्ला प्रशासन कार्यालय पुगेर प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पासवान मार्फत उक्त निकायमा ज्ञापनपत्र पठाएका छन् ।
ज्ञापनपत्रमा विश्वबिद्यालयमा विद्यमान समस्याहरूलाई लिएर पटकपटक विश्वबिद्यालयका जिम्मेवार अधिकारीहरूको लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराउदा पनि समाधानका लागि कुनै पहल नगरिएको उल्लेख गरिएको छ ।
विश्वबिद्यालय प्रशासनले समस्या समाधान गर्नुको सट्टो ताला खोल्न दवाव र धाकधम्की दिन थालेको दोषारोपण गर्दै ज्ञापनपत्र मार्फत आफुहरूको जायज माँग अबिलम्व सम्बोधन नगरिए आन्दोलनका थप सशक्त कार्यक्रमहरू अघि बढाईने तथा यसबाट उतपन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी समेत दिएको छ ।
शैक्षिक वातावरण मैत्री कक्षा कोठाको व्यवस्था, निर्धारित भन्दा बढी लिएको शुल्क फिर्ता,लिएको शुल्कको नगदी रसिद उपलब्ध गराउनुपर्ने, कक्षा कोठामा आवश्यकता अनुसारको डेक्स बेन्चको व्यवस्था तथा बिग्रिएको अवस्थामा रहेको पंखाहरू मर्मत लगायतका माँग राखि बिद्यार्थीहरूले आइतबार विश्वबिद्यालयको शैक्षिक भवनमा तालवन्दी गरेका थिए । उनीहरूद्धले माँग पूरा नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।
विश्वबिद्यालयका रजिस्ट्रार भगवान ठाकुरले आन्दोलनरत बिद्यार्थीहरू सँग बार्ता गरि समस्या समाधानको प्रयास भई रहेको बताएका छन् ।
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
सारांश
- तालाबन्दीका कारण पठन पाठन पूर्ण रूपले ठप्प भई डेढ सय भन्दा बढी बिद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
- लगातार चारदिनदेखि तालाबन्दी जारी रहदा पनि विश्वबिद्यालय प्रशासनले आफुहरूको माँग पुरा गर्ने तर्फ कुनै चाँसो नदेखाएको भन्दै आक्रोशित बिद्यार्थीहरूले बुधबार नगरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत मधेस प्रदेशका मुख्यमन्त्री, विश्व बिद्यालयका उपकुलपति, रजिस्ट्रार तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायमा ज्ञापनपत्र पठाएका छन् ।
- आन्दोलनरत बिद्यार्थीहरूको एक समूह जिल्ला प्रशासन कार्यालय पुगेर प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पासवान मार्फत उक्त निकायमा ज्ञापनपत्र पठाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया