मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 

सारांश

  •     नगरपालिकाको वडा नं.
  • १० जमुवा स्थित कठौना–पातो सडक खण्डमा शनिवार साँझ भएको दुर्घटनामा सोही ठाउँका ६८ बर्षीय रामबाबु मण्डलको मृत्यु भएको हो ।
  •     कठौनाबाट राजपुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ५०४५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मण्डल गम्भीर घाइते भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
    नगरपालिकाको वडा नं. १० जमुवा स्थित कठौना–पातो सडक खण्डमा शनिवार साँझ भएको दुर्घटनामा सोही ठाउँका ६८ बर्षीय रामबाबु मण्डलको मृत्यु भएको हो ।
    कठौनाबाट राजपुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ५०४५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    सोही दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ बस्ने २२ वर्षीय राम अवतार मण्डलको र  पछाडि सवार सोही ठाउँका १६ वर्षीय विशाल कुमार मण्डल घाईते भएकोले दुवै जनाको सोही अस्पतालमा उपचार भईरहेको उनले बताए ।
    दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा रहेको र  मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय सुरज मण्डललाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
अग्नीपिडितलाई राहत प्रदान
अग्नीपिडितलाई राहत प्रदान
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण