कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 

राजविराज राजविराज
|
आइतबार, आश्विन २५, २०७७
|
|
२० पटक हेरिएको
Shares
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 

सारांश

  •     जनता समाजावदी पार्टीका नेता समेत रहेका प्रदेश सभा सदस्य सुमनले आफुहरुको मुख्य काम प्रदेश सभामा एन कानुन बनाउने भएपनि जनताहरुको बढी ध्यान चाँहि विकास निर्माणका काममा जाने गरेको बताए ।
  • केन्द्रले प्रदेश २ सरकारलाई उपेक्षा गर्दा विकास कामलाई गति दिन कठिन भईरहेको उनले बताए ।
  •       प्रदेश २ मा आर्थिक समितीका सभापती समेत रहेका उनले आवश्यक बजेटको अभावमा चाहेर पनि धेरै काम गर्न बाँकि नै रहेको लाचारी सुनाए ।

    राजविराज÷प्रदेश सभासदस्य मनिष कुमार सुमनले जनताले विकास निर्माणको काममा कसैलाई पनि एक रुँपैया कमिशन नदिन आग्रह गरेका छन् । 
    आफ्नो संसदीय विकासकोषको रकमबाट राजविराज नगरपालिका ६ स्थित लिल्जा टोलमा निर्मित सडकको शनिवार उद्घाटन गर्दै उनले त्यस्तो आग्रह गरेका हुन् । 
    विकास निर्माणका हरेक काममा सम्बन्धित फाँटका कर्मचारीहरुले कमिशन माग गर्ने गरेको उभोक्ताहरुको गुनासो आएकोमा उनले कसैलाई एक रुपैया पनि कमिशन नदिन आग्रह गर्दै त्यस्तालाई घोक्रेठ्याक लगाउदै सार्वजनिक गर्न आग्रह गरे ।
    जनता समाजावदी पार्टीका नेता समेत रहेका प्रदेश सभा सदस्य सुमनले आफुहरुको मुख्य काम प्रदेश सभामा एन कानुन बनाउने भएपनि जनताहरुको बढी ध्यान चाँहि विकास निर्माणका काममा जाने गरेको बताए । केन्द्रले प्रदेश २ सरकारलाई उपेक्षा गर्दा विकास कामलाई गति दिन कठिन भईरहेको उनले बताए । 
    प्रदेश २ मा आर्थिक समितीका सभापती समेत रहेका उनले आवश्यक बजेटको अभावमा चाहेर पनि धेरै काम गर्न बाँकि नै रहेको लाचारी सुनाए । 
    प्रदेश सरकारसँग निकै प्रयास पछि प्राप्त २४ करोड बजेटबाट आफुले जिल्लामा विभिन्न विकासीय योजना संचालनमा ल्याएको उनले जानकारी दिए । संसदीय विकास कोषको २३ लाखको लागतमा निर्मित ८ मिटर चौडाइ र ८६ मिटर लम्बाई सडकको उद्घाटन पछि नेता सुमनले उपभोक्ता समितीहरुलाई पनि गुणस्तरीय काम गर्न तथा कुनै प्रकारको कमिशन कसैलाई नदिन सुझाव पनि दिए । 
    उपभोक्ता समितीका अध्यक्ष शशि चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन समहारोमा जिल्ला समन्वय समितीका प्रमुृख प्रभाकर यादव, पुर्व मेयर शैलेश चौधरी, महिदेव चौधरी, जसपाका युवा नेता शम्भु प्रसाद यादव लगायतले पनि बोल्दै प्रदेशको एन कानुन निर्माण संगै बिकास निर्माणका कामलाई पनि गति दिनु पर्नेमा जोड दिएका थिए । 
    कार्यक्रममा प्रदेश सभासदस्य सुमन, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकर यादव तथा पुर्व मेयर शैलेश चौधरीलाई आयोजकद्वारा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।   
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?