न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे

सारांश

  •     यस्तो सुरुवात जिल्लाबाट अन्यत्र सरुवा भएर जान लागेका दुई जना न्यायाधीशले गरेका छन् ।
  • सम्भवत जिल्लामा यो पहलिो पटक भएको हो ।
  •       नेपालगन्ज सरुवा भएर जाने क्रममा शुक्रबार उच्च अदालत जनकपुर–राजविराज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले आफ्नो निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो तथा सहयोगि स्थान भएको आफूले अनुभव गरेको सुनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ । 

    जिल्लाको कुनै पनि अदालतका न्यायाधीश सरुवा भएर जाने क्रममा पत्रकारहरुसँग भेटघाट गर्ने परम्परा विगतमा कहिले देखिएको थिएन् । तर यसपल्ट यस्तो परम्पराको सुरुवात भएको छ । 
    यस्तो सुरुवात जिल्लाबाट अन्यत्र सरुवा भएर जान लागेका दुई जना न्यायाधीशले गरेका छन् । सम्भवत जिल्लामा यो पहलिो पटक भएको हो । 
    नेपालगन्ज सरुवा भएर जाने क्रममा शुक्रबार उच्च अदालत जनकपुर–राजविराज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले आफ्नो निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो तथा सहयोगि स्थान भएको आफूले अनुभव गरेको सुनाएका छन् ।  
    “सप्तरी सरुवा भएपछी केही मानिसहरुले जिल्लामा न्यायीक कार्य सम्पादन गर्न निकै चुनौतीपूर्ण र असजिलो छ, त्यहा जानु भनेको कारवाही रुवरुप हो उनले विगतमा आफ्ना केही सहकर्मीले भनेको कुरा स्मरण गर्दै भने– तर आफू सप्तरी आएपछी भनेजस्तो केही पनि नरहेको र कार्यसम्पादन गर्दा सबै तर्फबाट निकै सहयोग पाए ।”  
    उनले आफ्नो कार्यकाल बसाईको अनुभव साटासाट गर्दा भने, “अरु ठाउँ भन्दा सप्तरीमा सहज रुपमा काम गर्ने बाताबरण पाए । सप्तरी जिल्ला बारे छरिएको नकारात्मक भ्रमलाई चिर्नु आवश्यक छ ।”
    आफ्नो कार्यकालमा १८ महिना सम्मको मुद्दाहरु शुन्यमा झार्न सफल भएको उनले बताउँदै यस कार्यलाई निरन्तरता दिनु उत्तिकै आवश्यक छ । अदालतभित्रको भ्रष्टाचार न्यूनिकरण गर्नेतर्फ प्रयास गरेको दाबी गर्दै उनले भने, “आफ्नो कार्यकालमा न्यायधिशहरुलाई कमजोर पार्न चलखेल भएको तर, सोबाट आफूहरुको टिम अलिकति पनि बिचलीत नभएको र न्यायीक कार्यलाई स्वच्छ र पारदर्शीता ढंगबाट सम्पादखन गर्ने प्रयास ग¥यो ।”
    एक अर्को प्रसङ्गमा उनले जिल्लाका गम्भिर घटनाहरु संचारकर्मीहरुले उजागर गर्नु आवश्यक रहेको सुझाव दिँदै सामान्य कुटपिटमा पनी ज्यान मार्ने मुद्दा दर्ता गर्ने बढी चलन रहेकोमा यसप्रति सरोकारवालाहरु पनि सचेत हुनु पर्ने सुझाव समेत दिए । 
    यस्तै बोक्सीको आरोपमा पनि वढी मुद्दा दर्ता हुने गरेको तर मुद्दा अध्ययन गर्दा त्यस्तो नपाइएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने आवश्यक रहेको उनको भनाई थियो । जिल्लाको न्यायीक क्षेत्रमा काम गर्न सजिलो रहेको तथा जिल्लावासीले न्यायलयप्रति उच्च सम्मान गर्ने गरेको उनको कथन छ । 
    जिल्लाका विभिन्न सार्वजनिक सरोकारका विषय बारे बोल्दै उनले पोखरीहरु संरक्षण हुन नसक्नुले कालान्तरमा गरिएको कमलाई अहिले लोभ लागेर बढी मुद्दा दिने प्रवृती बढेको, बाटोघाटोको विस्तारमा ध्यान पुग्न नसकेको, बाटो बिस्तार गर्ने क्रममा समानान्तर ढंगले बाटो विस्तार गर्नु आवश्यक रहेको तथा बाटोको पेटी अतिक्रमण हटाउन स्थानीय सरकार चुकेको उनको भनाई थियो । 
    सोही पत्रकार सम्मेलनमा उच्च अदालतकी न्यायाधीश सरला कुमारी पाण्डेले पनि सप्तरीलाई हेर्न नजर फरक पाएको सुनाइन् । उनले भनिन्, “सरुवा भएर राजविराज पठाउँदा कुनै कारबाही गरिएको भन्ने सहकर्मीहरुले भन्ने गरेका थिए, तर, त्यो भ्रम भ्रम मात्र रहेको छ, उनले भनिन्–सप्तरीमा पालैपालो गरि सबै न्यायाधीशहरुले आएर सेवा गर्नुपर्छ, जिल्लामा न्यायीक कार्यसम्पादन गर्दा सिक्ने अवसर पाइन्छ । सप्तरी जिल्ला न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक
माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन
सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक