सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग

राजविराज राजविराज
|
बुधबार, बैशाख १८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग

सारांश

  •     १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।
  •     टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको नेतृत्वमा काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुस समाजिक सुरक्षा ऐन अविलम्ब लागु गर्न माग गर्दै बाजार क्षेत्र परिक्रमा गरेको थियो ।
  •       जुलुसमा सहभागी टे«ड यूनियन काँग्रेसका केन्द्रीय सदस्य भोगेन्द्र झाले गणतन्त्र प्राप्तिपछि पनि मजदुर, शिक्षक, कर्मचारीको अवस्था ज्यूँ का त्यूँ रहेको तथा उनीहरको अधिकार सुनिश्चिताका लागि सामाजिक सुरक्षा ऐन लागु गर्न सरकारलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 
    सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । हरेक वर्ष मे १ अर्थात मजदुर दिवसका दिन सो माग गर्दै प्रदर्शन गरिएको हो ।
    १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।
    टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको नेतृत्वमा काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुस समाजिक सुरक्षा ऐन अविलम्ब लागु गर्न माग गर्दै बाजार क्षेत्र परिक्रमा गरेको थियो । 


    जुलुसमा सहभागी टे«ड यूनियन काँग्रेसका केन्द्रीय सदस्य भोगेन्द्र झाले गणतन्त्र प्राप्तिपछि पनि मजदुर, शिक्षक, कर्मचारीको अवस्था ज्यूँ का त्यूँ रहेको तथा उनीहरको अधिकार सुनिश्चिताका लागि सामाजिक सुरक्षा ऐन लागु गर्न सरकारलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।
    यस्तै सोही दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासँघ सप्तरीको अगुवाईमा स्थानिय पबि माबिको प्राङ्गणबाट निस्केको ¥याली नगरको विभिन्न ठाँउमा प्रदर्शन गरेको छ ।
८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय मजदुर दिवस मनाईदै आएको मजदुर संगठनका अगुवा केदार देवले बताए ।
    मजदुर दिवसमा हरेक वर्ष नेताहरुले ठूला ठूला सपना बाँड्छन् तर, कार्यान्वयनमा भने आउँदैन मजदुर नेता देवले भने । नेपालमा सबैभन्दा बढी पीडामा मजदुर छन् तर, मजदुरले काम पाउने अवस्था छैन । प्रायः खाडी मुलुक पुगेका छन उनले गुनासो पोखे ।
    सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित    
रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित    
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
तीन जना राष्ट्रसेवक कर्मचारी सम्मानित
तीन जना राष्ट्रसेवक कर्मचारी सम्मानित