मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 

राजविराज राजविराज
|
बुधबार, जेठ १३, २०८३
|
|
९४ पटक हेरिएको
Shares
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजनामा आयोजित हुने उक्त प्रतियोगितामा प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिएका छन् ।
  •       प्रतियोगितामार्फत प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट सिनियर महिला तथा यू–१९ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
  •       प्रतियोगिताको उद्घाटन खेल सिरहा र सप्तरीबीच तथा दोस्रो खेल सर्लाही र धनुषाबीच हुने तय गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ । 

    प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशस्तरीय सिनियर महिला तथा यू–१९ छनोट प्रतियोगिता जेठ १४ गतेदेखि राजविराजमा सुरु हुने भएको छ ।
    सप्तरी क्रिकेट संघको आयोजनामा आयोजित हुने उक्त प्रतियोगितामा प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिएका छन् । 
    प्रतियोगितामार्फत प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट सिनियर महिला तथा यू–१९ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।  
    प्रतियोगिताको उद्घाटन खेल सिरहा र सप्तरीबीच तथा दोस्रो खेल सर्लाही र धनुषाबीच हुने तय गरिएको छ । 
    यसैबीच नेपाल क्रिकेट संघले यू–१९ महिला खेलाडीहरूको उमेर बारे संशोधित जानकारी सार्वजनिक गरेको छ । क्यानले २०८२ जेठ २३ गते जिल्ला तथा प्रदेश क्रिकेट संघहरूलाई पठाएको आधिकारिक पत्रमार्फत नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।
    पत्रअनुसार यसअघि यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरूको उमेरको कट या डेट १ सेप्टेम्बर २००७ उल्लेख गरिएको छ ।
    तर एशियन क्रिकेट काउन्सीलबाट प्राप्त नयाँ जानकारीअनुसार एसीसी अन्तर्गत आयोजना हुने यू–१९ महिला प्रतियोगिताका लागि १ सेप्टेम्बर २००६ कायम गरिएको छ ।
    त्यस्तै इन्टरनेशनल क्रिकेट काउनसील अन्तर्गत आयोजना हुने यू–१९ महिला प्रतियोगिताका लागि भने १ सेप्टेम्बर २००७ नै कायम रहने क्यानले स्पष्ट पारेको छ ।
    सोही आधारमा खेलाडी छनोट प्रक्रिया अगाडि बढाउन सबै जिल्ला तथा प्रदेश क्रिकेट संघहरूलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ ।
    क्रिकेट अपरेसन म्यानेजर विनोद कुमार दासद्वारा हस्ताक्षरित उक्त पत्रपछि अहिले जारी मधेश प्रदेशस्तरीय छनोट प्रतियोगितामा पनि सोही मापदण्डअनुसार खेलाडी छनोट गरिने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड
निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
कंचनपुरका डिएसपी तिमिल्सिनाको निधन
कंचनपुरका डिएसपी तिमिल्सिनाको निधन
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
योग दिवसमा योगाभ्यास र प्रभातफेरी

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन