स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो

राजविराज राजविराज
|
आइतबार, बैशाख १, २०७६
|
|
६६ पटक हेरिएको
Shares
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो

सारांश

  •     राजबिराजस्थित गजेन्द्र चौकमा स्मरण दिवसका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व.
  • सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
  •       सो अवसरमा प्रदेश सासंद तथा राजपा महासचिव मनिष कुमार सुमनले गजेन्द्र नारायण सिंहको सपना अनुसार मुलुकमा सिंमाकन नभएपनि संघियता स्थापित भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
    रामनवमी कै दिन जन्म भएका स्व. गजेन्द्र नारायण सिँह को ९१ औ जन्म जयन्ती तथा स्मरण दिवस शनिबार राजविराजमा मनाइएको छ ।
    राजबिराजस्थित गजेन्द्र चौकमा स्मरण दिवसका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको छ । 
    सो अवसरमा प्रदेश सासंद तथा राजपा महासचिव मनिष कुमार सुमनले गजेन्द्र नारायण सिंहको सपना अनुसार मुलुकमा सिंमाकन नभएपनि संघियता स्थापित भएको बताए ।
    उहाँको भौतिक शरीर नभएपनि उहाँले छोडेको बिचार अझै हामी बिच रहेको बताउदै नेता सुमनले सम्प्रदायिक शोषण र राजनैतिक शोषणको अन्त भएको जिकिर गरे । उनले दलितहरू तथा महिला माथि हुने दुव्र्यवहार तथा त्यस्ता शोषणको न्युन हँुदै गएको उल्लेख गरे ।
    सोही अवसरमा स्व. सिंहको स्मरण दिवसमा युवा नेता बिनोद यादबले प्रत्येक बर्ष झै यस बर्ष पनि राजबिराजमा सर्वसधारणलाई लडु बितरण गरेका थिए ।
    सो कार्यक्रममा जिसस प्रमुख प्रभाकर यादब, राजबिराज प्रमुख शम्भु यादब, राजपा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, स्व. सिंहको स्मरण कार्यक्रम संयोजक युवा नेता बिनोद यादब, अध्यक्ष मण्डल सदस्य सुनिल कुमार झा, युवा नेता मनोज यादब, प्रमोद यादब, बिद्याथी नेता संजिव दास अधिकारकर्मी जंगबहादुर सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
जगन्नाथ रथयात्राको तयारी पुरा
जगन्नाथ रथयात्राको तयारी पुरा
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
राजविराजमा राजावादीको प्रर्दशन
राजविराजमा राजावादीको प्रर्दशन