भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
२७७ पटक हेरिएको
Shares
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन

सारांश

  • उक्त कार्यालयले ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो ।
  • यसअघि अघिल्लो आब २०८१÷०८२ मा तोकिएको भन्दा कम ८० दशमलव ९३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।
  • २०८२÷०८३ मा भने १० प्रतिशत राजस्व संकलन बृद्धि गर्न सफल भएको राजविराज भन्सार कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी विजय कुमार साहले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
राजविराज भन्सार कार्यालयले आर्थिक बर्ष २०८२÷२०८३ मा राजश्व संकलनका लागि लिएको लक्ष्य मध्ये ९० दशमलव १ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
उक्त कार्यालयले ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो ।
यसअघि अघिल्लो आब २०८१÷०८२ मा तोकिएको भन्दा कम ८० दशमलव ९३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।
२०८२÷०८३ मा भने १० प्रतिशत राजस्व संकलन बृद्धि गर्न सफल भएको राजविराज भन्सार कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी विजय कुमार साहले जानकारी दिए । लक्ष्य शत प्रतिशत पुरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका विभिन्न समस्याकाबीच प्राप्त नतिजा संतोषजनक नै मान्नु पर्ने नायब सुब्बा साहको कथन छ । उनका अनुसार भन्सार कार्यालय प्रवेश गर्ने मुख्य सडक र पुल लामो समय देखि जीर्ण हुँदा आवागमन प्रभावित भई राजस्व संकलन कार्यमा समेत प्रभाव पारेको छ ।
भन्सार कार्यालयको ५० मिटर दुरीमा मात्र रहेको सडक र पुल तीन बर्ष अघि आएको बाढीले क्षतिग्रस्त बनाएको र अझै  मरमत सम्भार हुन नसक्दा ठूला सबारी साधन आवतजावत ठप्प नै रहेको उनको भनाई छ ।
उनले बिगतमा भारतीय चलचित्रहरुबाट समेत राम्रै राजस्व संकलन हुने गरेकोमा हाल चलचित्र गृहहरु कम हुँदै गएका कारण पनि राजस्व संकलन कार्यमा प्रभाव पारेको सुनाए । यस नाकाबाट मुख्य रुपमा कपडा इलेक्ट्रोनिक्स, किराना तथा विभिन्न उद्योगका कच्चा पदार्थ आयात हुने गरेको छ ।
लामो समयदेखी सडक र पुल जीर्ण हुँदा राजस्व संकलनमा मात्र नभई सर्वसाधारणलाई आवगमनमा समेत समस्या भईरहेकाले यसतर्फ सरोकारबाला निकायको ध्यान जानुपर्ने स्थानियहरुको सुझाव रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी