आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण

सारांश

  •     स्थानीय मिश्रीलाल चौधरीको घरमा विद्युत सर्ट भई आगलागी हुदा निजको एउटा घर र छिमेकी चम्पीलाल चौधरीको एउटा, दुर्गानन्द चौधरीको एउटा भन्सा घर तथा बचकुन चौधरीको समेत एउटा घरमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       आगलागिमा घरभित्र रहेको नगद जिन्सी, लताकपडा, अन्नपात, भाडार्वतन तथा सरसमान लगायतको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
  •       यता आगोलाई स्थानियबासी र राजविराज नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाबाट आएको वारुण यन्त्र तथा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीको टोलिको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
    सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुरमा आगलागी हुँदा आठ लाख भन्दा बढीको क्षति भएको छ ।
    स्थानीय मिश्रीलाल चौधरीको घरमा विद्युत सर्ट भई आगलागी हुदा निजको एउटा घर र छिमेकी चम्पीलाल चौधरीको एउटा, दुर्गानन्द चौधरीको एउटा भन्सा घर तथा बचकुन चौधरीको समेत एउटा घरमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

    आगलागिमा घरभित्र रहेको नगद जिन्सी, लताकपडा, अन्नपात, भाडार्वतन तथा सरसमान लगायतको जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
    यता आगोलाई स्थानियबासी र राजविराज नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाबाट आएको वारुण यन्त्र तथा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीको टोलिको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । 
    यसैबीच सो गाउँपालिकाले पीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ । आइतबार बिहान गाउँपालिका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नं. ४ का अध्यक्ष तेजनारायण यादव, वडा नं. २ का अध्यक्ष पशुपति चौधरी लगायतले राहत स्वरुप चामल ३५ किलो, च्युरा २६ किलो, नुन १० किलो, खानेतेल ४ लिटर, त्रिपाल ३ थान र भुजिया ३ प्याकेट वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग