दैनिक समाचारदाता
राजविराज, २१ चैत
मधेसका जिल्लाहरूमा हाल चैती छठ पर्वको रौनक छ । यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले बिहीबार षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ ।
पछिल्ला वर्षहरुमा लोकप्रिय बन्दै गएको चैती छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिईएको छ । यस अवसरमा राजविराजस्थित विभिन्न पोखरीहरुमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
यहाँको कल्टुदास पोखरी, भगवती पोखरी, तुरन्ती पोखरी र पूर्णी पोखरी लगायतका जलाशयमा बनाइएको छठी घाटमा सयौंको संख्यामा श्रद्धालु छठ घाटमा भेला भएका थिए ।
अघिल्ला बर्षहरुमा चैती छठ मनाउनको संख्याको थोरै भएपनि विगत ३ बर्ष देखि चैती छठ मान्नेहरुको संख्यामा निरन्तर बृद्धि हुँदै गएको भगवती मन्दिरका मूल पुजारी दुर्गानन्द मिश्रले बताए ।
२०७६ सालमा कोभिडले विश्वलाई प्रभावित बनाएपछि कृत्रिम पोखरी बनाएर आफ्नौ निवासमै पनि छठ मनाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको हो । चैत महिनाम गर्मी पनि धेरै हुने भएको हुँदा कृत्रिम पोखरीको निर्माण गरि निवासमै छठ मनाउने गरिएको पुजारी मिश्रको भनाई छ ।
यता राजविराज ८ निवासी सुमित्रा गुप्ताले छठको अर्घ दिन आफ्नै घर आंगनमै कृत्रिम पोखरी बनाएर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन् । उनले घरबाट टाढा पोखरी रहेको तथा अत्यधिक गर्मी र हवाहुरीका कारण घर आंगनमै कृत्रिम पोखरी बनाएर सूर्य उपासनाको पर्व छठमा सहभागि भएको बताईन । उनी कोरोना कालदेखी नै यसरी घर आंगनमै छठ पर्व मनाउदै आई रहेकी छिन् ।
उनले परिवारको सुख, शान्ति र इच्छित मनोकांक्षाका लागि कात्तिक महिनामा मनाइने छठ पर्वमा समेत यसरी नै कृत्रिम पोखरी बनाएर सूर्यको पूजा गर्ने गरेको सुनाइन् ।
शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँग चार दिवसीय छठ पर्व विधिवत रुपमा सम्पन्न हुने छ ।
मधेसको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ । दुवैै छठमा सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ पछिल्लो समय नेपालभर विस्तार भएको छ । सबैको साझा र मिथिला संस्कृतिको प्रतीक बनेको यो पर्वलाई लोकआस्थाको महापर्व पनि भनिन्छ ।
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
सारांश
- पछिल्ला वर्षहरुमा लोकप्रिय बन्दै गएको चैती छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिईएको छ ।
- यस अवसरमा राजविराजस्थित विभिन्न पोखरीहरुमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
- यहाँको कल्टुदास पोखरी, भगवती पोखरी, तुरन्ती पोखरी र पूर्णी पोखरी लगायतका जलाशयमा बनाइएको छठी घाटमा सयौंको संख्यामा श्रद्धालु छठ घाटमा भेला भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया