दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का एक पीडित परिवारले घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको भन्दै गुनासो गरेका छन् ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पीडित परिवार मध्येका प्रीतम पासवानले आफुसहित आफ्नो परिवारका सदस्यमाथी हत्या गर्ने मनसायले निर्घात कुटपिट गर्नेमाथि ज्यान मार्ने उधोग मुद्दा दर्ता गरेको ३६ दिन पुग्दा समेत प्रहरीले घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा नलिई उल्टै संरक्षण दिएको आरोप लगाएका छन् ।
घटना विवरण अनुसार पोखरीको डिलमा बस्दै आएका भुमिहिन दलित समुदायको ढलान रोड बनाउने क्रममा घर भत्काउन जांँदा विवाद उत्पन्न भएको थियो । २०८१ असार १ गते ती परिवारलाई सोही विवादमा स्थानीय हरिसुदन यादव, निरज यादवसहितका ७ जनाको समूहले घरेलु हातहतियार र लाठीले आक्रमण गरि घाइते बनाएका थिए ।
उनीहरुको आक्रमणमा परी ५५ बर्षिय पृतम पास्वान, उनकी पत्नी ५३ बर्षिय मुसनी देवी पास्वान, छोरा बर्ष ३२ को रन्जित पासवान, छोरीहरु बर्ष २५ की रितु पासवान, बर्ष १९ की राखी पासवान तथा बुहारी ३० बर्षिय सरिता देवी पासवान घाइते भएका थिए । ती सबै घाइतेको उपचारमा तीन लाख भन्दा बढी खर्च समेत भएको उनले बताए ।
घटनामा संलग्नहरु खुलेयाम हिड्दा समेत प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सक्रियता नदेखाएको आरोप लगाउंँदै उनले घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरी कारबाही चलाउन आग्रह समेत गरे ।
घटनामा संलग्नहरु घरमै भएको जानकारी दिन जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पातो पटकपटक धाउंँदा समेत सुनुवाइ नभएको उनले दुखेसो पोखे ।
कुटपिटमा संलग्नलाई कानुनी कारबाही तथा औषधि उपचारमा भएको खर्च उपलब्ध गराउन साथै घरमा शान्तिपुर्वक बस्ने बाताबरण मिलाई दिन पहल गरिदिन संचारकर्मी तथा स्थानीय प्रशासन, मानवाधिकारकर्मीसहित सरोकारवालाहरुलाई सोही पत्रकार सम्मेलन मार्फत पीडितपरिवारले आग्रह समेत गरेका छन् ।
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
सारांश
- सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पीडित परिवार मध्येका प्रीतम पासवानले आफुसहित आफ्नो परिवारका सदस्यमाथी हत्या गर्ने मनसायले निर्घात कुटपिट गर्नेमाथि ज्यान मार्ने उधोग मुद्दा दर्ता गरेको ३६ दिन पुग्दा समेत प्रहरीले घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा नलिई उल्टै संरक्षण दिएको आरोप लगाएका छन् ।
- घटना विवरण अनुसार पोखरीको डिलमा बस्दै आएका भुमिहिन दलित समुदायको ढलान रोड बनाउने क्रममा घर भत्काउन जांँदा विवाद उत्पन्न भएको थियो ।
- २०८१ असार १ गते ती परिवारलाई सोही विवादमा स्थानीय हरिसुदन यादव, निरज यादवसहितका ७ जनाको समूहले घरेलु हातहतियार र लाठीले आक्रमण गरि घाइते बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया