स्व. सिंहको स्मृति दिवस मनाइयो  

राजविराज राजविराज
|
बुधबार, माघ १०, २०८०
|
|
४२ पटक हेरिएको
Shares
स्व. सिंहको स्मृति दिवस मनाइयो  

सारांश

  •     स्व.
  • सिंहको २२ औं स्मृति दिवसको अवसरमा स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी राजविराजमा स्मृती दिवस मनाइएको हो ।
  •       यस अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले श्रद्धाञ्जली सभा, बिचार गोष्ठी र सालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज १० माघ । 

    मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्वकर्ता स्व. गजेन्द्र नारायण सिंहको योगदान बारे चर्चा गर्दै बुधबार उनलाई स्मरण गरिएको छ । 
    स्व. सिंहको २२ औं स्मृति दिवसको अवसरमा स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी राजविराजमा स्मृती दिवस मनाइएको हो । 
    यस अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले श्रद्धाञ्जली सभा, बिचार गोष्ठी र सालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरेका छन् । 
    लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा उद्योग बाणिज्य संघको सभाहलमा आयोजित गजेन्द्र नारायण सिंह एवं संघवादको औचित्य विषयक विचार गोष्ठीमा लोसपाका केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, पूर्व नगर प्रमुख शैलेश चौधरी, शम्भु प्रसाद यादव, राजविराज नगरपालिकाका पूर्व उपप्रमुख साधना झा, लोसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, महिला नेतृ पुनम यादव, प्राध्यापक अमरकान्त झा, जसपा नेता विकास तिवारी लगायतले स्व. सिंहको मधेश आन्दोलनमा रहेको योगदान तथा उनले अघि सारेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । 
    यसअघि लोसपा नगर समितिद्वारा नगरमा सरसफाई, तथा गजेन्द्र चौकस्थित स्व. सिंहको शालिक तथा सप्तरी सेवा आश्रममा रहेको उनको समाधि स्थलमा माल्यार्पण गरिएको थियो । 
    लोसपा नगर समितिका अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीको अगुवाईम उक्त कार्यक्रम सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
    यस्तै प्रदेशसभा सदस्य सतिश कुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिकामा अवस्थित स्व. सिंहको सालिकमा माल्यार्पण गरि उनलाई स्मरण गरे ।
    नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता समेत भनिने ंिसहको २०५८ साल माघ १० गते निधन भएको थियो । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका घर भएका सिंहको प्रत्येक वर्ष माघ १० गतेका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउने गरेका छन् । 
    वि.स. १९९८ सालमा रामनवमीका दिन जन्मिनु भएका गजेन्द्र नारायण सिंह मधेशी अधिकारका लागी संगठित अभियान चलाउने क्रममा २०४७ सालमा सदभावना परिषद् हुदै नेपाल सदभावना पार्टीको गठन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै