दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
सप्तरी जिल्ला अदालतले नेपाल टेलिकमको उपकरण लुटपाटमा संलग्न मुख्य अभियुक्तलाई पूर्पक्षका लागि मंगलबार कारागार चलान गर्ने आदेश दिएको छ भने सामान खरीद विक्रि गर्ने दुई जनालाई धरौटीमा रिहा गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गर्ने कार्यमा संलग्न रहेका मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी राकेश यादवलाई अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।
सो लुटपाटका सरसामान बिक्रि गर्ने कार्यमा संलग्न लहान नगरपालिका ३ का पवन जैसवाल ३ लाख र खरीद गर्ने सोही नगरपालिका ४ निवासी दिपक अग्रवाल २ लाख धरौटी बुझाई तारेखमा रिहा भएका छन् ।
यस्तै लुटपाटका उपकरण ओसारपोसारमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको ट्रकका धनी लहान नगरपालिका ३ का सूर्यनारायण महतोको संलग्नता नदेखिएकोले थुना मुक्त भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिएका छन् ।
गत पुस २३ गते चौधरीको घरमा जडान गरिएको नेपाल टेलिकमको टावरमा प्रयोग हुने ६५० एएच ब्याट्रि २४ थान, पावर केबल ३५ एमएमको २० मिटर, अर्थिङ केवल २५ मिटर लगायतका उपकरणहरु यादव नेतृत्वको समूहले लुटेर लगेका थिए ।
प्रहरीले माघ १० गते सो घटनामा संलग्न चारै जनालाई पक्राउ गरि डाका मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको थियो ।
डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान, दुई जना धरौटीमा रिहा
सारांश
- सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गर्ने कार्यमा संलग्न रहेका मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी राकेश यादवलाई अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।
- सो लुटपाटका सरसामान बिक्रि गर्ने कार्यमा संलग्न लहान नगरपालिका ३ का पवन जैसवाल ३ लाख र खरीद गर्ने सोही नगरपालिका ४ निवासी दिपक अग्रवाल २ लाख धरौटी बुझाई तारेखमा रिहा भएका छन् ।
- यस्तै लुटपाटका उपकरण ओसारपोसारमा प्रयोग गरिएको ना.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया