दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीमा एक २२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् भने ८० वर्षिया बृद्धाले आत्महत्याको प्रयास गरेकी छिन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका ९ ब्रजहट टोलकी २२ वर्षिया सजन देवी मुखियाले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार राती १० बजे तिर आफ्नै घरमा वाँसको बलोमा साडीको पासो लगाई उनले आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण भने खुल्न न सकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
झुण्डिएको अवस्थामा उनको आमाले देखेपछी खबर गरेको र त्यस पछी प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले मृतकको शव नियन्त्रणमा लिई अनुसन्धान सूरु गरेको डिएसपी सिंहले बताए ।
यता विहीवार विहान राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी ८० वर्षिया जानकी साहले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन । उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । विषादी सेवनबारे कारण खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लामा आत्महत्याको घट्नामा निकै तीब्र रुपमा बढिरहेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७५ पुगेको( छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रहरीले न्युनिकरणका लागी अहिले जिल्लाका सबै पालिकामा सचेतना अभियान समेत संचालन गरे पनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुुःखद छ ।
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
सारांश
- जिल्लाको शम्भुनाथ नगरपालिका ९ ब्रजहट टोलकी २२ वर्षिया सजन देवी मुखियाले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार बुधवार राती १० बजे तिर आफ्नै घरमा वाँसको बलोमा साडीको पासो लगाई उनले आत्महत्या गरेकी हुन् ।
- आत्महत्याको कारण भने खुल्न न सकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया