थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०७५
|
|
० पटक हेरिएको
Shares
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 

सारांश

  • दैनिक समाचारदाता राजविराज, ११ चैत ।
  •     संघीय संसद सदस्य पदको सपथ लिएका रेशमलाल चौधरीलाई आजिवन कैदको सजाय तोकेपछि आक्रोसित बनेका थारु समुदायले सरकार बिरुद्ध कडा संघर्ष गर्ने तयारी गरेका छन् ।
  •       “रेशम बचाऊ अभियान” र थारु कल्याणकारिणी सभा सप्तरीले संयुक्त रुपमा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको तयारी बारे जानकारी दिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
    संघीय संसद सदस्य पदको सपथ लिएका रेशमलाल चौधरीलाई आजिवन कैदको सजाय तोकेपछि आक्रोसित बनेका थारु समुदायले सरकार बिरुद्ध कडा संघर्ष गर्ने तयारी गरेका छन् । 
    “रेशम बचाऊ अभियान” र थारु कल्याणकारिणी सभा सप्तरीले संयुक्त रुपमा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको तयारी बारे जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, वडा, गाउँपालिका र नगरपालिकास्तरमा संघर्ष समिति गठन देखी राष्ट्रिय भेलासम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । 
    आन्दोलनका कार्यक्रम अनुसार पहिलो चरणमा चैत १८ सम्ममा जिल्लाको सबै १८ वटै स्थानिय तहहरुमा संघर्ष समिति गठन गरि चैत १९ गते बिरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको रेशम बचाऊ अभियानका सप्तरी संयोजक रमाकान्त चौधरीले जानकारी दिए । 
    यस्तै ६ बैशाखमा थारु यूवाको राष्ट्रिय भेलाको आयोजना गरि आन्दोलनका सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी गरिएको जानकारी दिँदै उनले टिकापुर घटना राजनीतिक मुद्दा भएपनि सरकारको भूमिका र अदालतको फैसलाले आन्दोलनको बाटो रोज्न बाध्य बनाएको बताए ।
    यस्तै सोही पत्रकार सम्मेलनमा अभियानकी सहसंयोजक कल्पना चौधरीले टिकापुर बिद्रोहलाई आंतककारी घटनाको रुपमा व्यबहार गरिनु तथा थरुहट आन्दोलनकारिलाई छानिछानी झुठो मुद्दा लगाउनु घोर अन्याय र आपत्तिजनक रहेको बताईन् । 
    यता थारु कल्याणकारिणी सभाका अध्यक्ष पूर्णप्रसाद चौधरीले टिकापुर घटना सम्बन्धमा पूर्व न्यायाधिश गिरिशचन्द्रलाल दासको नेतृत्वमा बनेको छानबिन टोलीको प्रतिबेदन सार्वजनिक नभएकै बेला अदालतको फैसला आउनु दुर्भाग्यपूर्ण भएको बताए । 
    उनले देशव्यापी आन्दोलन चर्काएर सरकारलाई बाध्य पार्ने चेतावनी समेत दिदै अब हुने आन्दोलनमा थारु मात्र नभई मधेशी, आदिवासी, जनजाती, दलित सबै सहभागि हुने र पुरै नेपालमा यसको प्रभाव देखिने ठोकुवा समेत गरे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 
कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
खडक बालविवाह मुक्त पालिका 
खडक बालविवाह मुक्त पालिका 
मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने