विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल

राजविराज राजविराज
|
बिहिबार, आषाढ ५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल

सारांश

  •     बिहीबार मधेश प्रदेशसभा सचिवालयले राजविराजमा आयोजना गरेको ‘जनता र जनप्रतिनिधिबीच संवादका लागि सभामुख जनतासंग’ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       सभामुख मण्डलले जनताको आकांक्षा र आवश्यकता धेरै भएपनि साधनस्रोतको अभावमा समस्या भएको भन्दै विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्न सकिने बताए ।
  •     प्रहरी ऐन र निजामती कर्मचारी ऐन नहुँदा समस्या भएको भन्दै उनले संघीय सरकारले बनाउनुपर्ने ऐनहरु निर्माण भए मात्र संघीय पूर्ण रुपमा कार्यान्वय हुने धारणा राखे ।

दैनिक समाचारदाता
राजविराज, ५ असार ।

    मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनताको कुरा बुझन र आफ्नो स्तरबाट गर्न सकिने प्रयास का निम्ति ‘जनता र जनप्रतिनिधिबीच संवादका लागि सभामुख जनतासंग’ कार्यक्रम लिएर निस्केको बताएका छन् ।
    बिहीबार मधेश प्रदेशसभा सचिवालयले राजविराजमा आयोजना गरेको ‘जनता र जनप्रतिनिधिबीच संवादका लागि सभामुख जनतासंग’ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    सभामुख मण्डलले जनताको आकांक्षा र आवश्यकता धेरै भएपनि साधनस्रोतको अभावमा समस्या भएको भन्दै विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्न सकिने बताए ।
    प्रहरी ऐन र निजामती कर्मचारी ऐन नहुँदा समस्या भएको भन्दै उनले संघीय सरकारले बनाउनुपर्ने ऐनहरु निर्माण भए मात्र संघीय पूर्ण रुपमा कार्यान्वय हुने धारणा राखे । जनता र जनप्रतिनिधिबीच राम्रो सम्वन्ध रहे सामाजिक सद्भाव कायम हुनुका साथै संघीयता पनि बलियो हुने उनले विश्वास व्यक्त गरे ।
    जनताको आवश्यकता, सामाजिक सद्भाव र विधीको शाषणका लागि कानुन निर्माण हुने तर्क प्रस्तुत गर्दै उनले प्रदेशसभाबाट बनाउनुपर्ने कानुन र जनताको गुनासो सरोकारबाला समक्ष राखेर कार्यान्वयन गराउन सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
    जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव, नेकपा एसका अध्यक्ष प्रतापनारायण चौधरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु