दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि जिल्लास्तरमा नेतृत्व चयन गरेको हो ।
आइतबार साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको हो ।
यसैगरि नेकपाको सप्तरी जिल्ला अध्यक्षमा तत्कालिन माओवादीका नेता एवं पूर्वसभासद् अशोक कुमार मण्डल “अमर” र सचिवमा तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेलाई सचिवको जिम्मेवारी दिएको छ ।
यता एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।
जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको छ ।
नेकपाको सप्तरी अध्यक्षमा मण्डल र सचिवमा न्यौपाने चयन
सारांश
- आइतबार साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको हो ।
- यसैगरि नेकपाको सप्तरी जिल्ला अध्यक्षमा तत्कालिन माओवादीका नेता एवं पूर्वसभासद् अशोक कुमार मण्डल “अमर” र सचिवमा तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेलाई सचिवको जिम्मेवारी दिएको छ ।
- यता एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया