राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी

राजविराज राजविराज
|
बिहिबार, जेठ ८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी

सारांश

  •     नगरपालिकाको विभिन्न फाँट र आफ्नो कार्यकक्षमा समेत पसेर तोडफोड र गालीगलौज गर्दै उपद्रव मच्चाएको भन्दै उनीहरु बिरुद्ध बिहीबार प्रहरीमा उजुरी दिएकी हुन् ।
  •       वडाअध्यक्ष शशी चौधरी, जयनारायण मण्डल तथा सरसफाई कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय पुगेकी कार्यवाहक मेयर परवीनले प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई उजुरी पत्र बुझाउँदै यस्तो माग गरेकी छिन ।
  •       उक्त कार्यमा संलग्न राजविराज नगरपालिका १५ घर भएका योजना शाखाका अधिकृत मनोज कुमार यादव, राजविराज नगरपालिका १३ का गजेन्द्र यादव र राजविराज नगरपालिका ९ का सुधिर यादव सहित ५÷६ जनाको समुहमा आएका ब्यक्तिले बुधबार साँझ कार्यालयमा बैठक वसेका बेला विभिन्न फाँट र आफ्नो कार्यकक्षमा प्रवेश गरी सरसमान क्षतविक्षत बनाएको, टि–टेवल, गमला र पानीको जार तोडफोड गरेको र आफुलाई लक्षित गरी अभद्र गाली बचन प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेकी छिन ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले आफ्नै कार्यालयका योजना अधिकृत मनोज यादवसहितका केही ब्यक्तिहरुलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन । 
    नगरपालिकाको विभिन्न फाँट र आफ्नो कार्यकक्षमा समेत पसेर तोडफोड र गालीगलौज गर्दै उपद्रव मच्चाएको भन्दै उनीहरु बिरुद्ध बिहीबार प्रहरीमा उजुरी दिएकी हुन् ।  
    वडाअध्यक्ष शशी चौधरी, जयनारायण मण्डल तथा सरसफाई कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय पुगेकी कार्यवाहक मेयर परवीनले प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई उजुरी पत्र बुझाउँदै यस्तो माग गरेकी छिन । 


    उक्त कार्यमा संलग्न राजविराज नगरपालिका १५ घर भएका योजना शाखाका अधिकृत मनोज कुमार यादव, राजविराज नगरपालिका १३ का गजेन्द्र यादव र राजविराज नगरपालिका ९ का सुधिर यादव सहित ५÷६ जनाको समुहमा आएका ब्यक्तिले बुधबार साँझ कार्यालयमा बैठक वसेका बेला विभिन्न फाँट र आफ्नो कार्यकक्षमा प्रवेश गरी सरसमान क्षतविक्षत बनाएको, टि–टेवल, गमला र पानीको जार तोडफोड गरेको र आफुलाई लक्षित गरी अभद्र गाली बचन प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेकी छिन । 
    घटनाका बेला सिसीटिभी क्यामेरामा कैद भएका फुटेजहरु समेत पेन ड्राईभमा राखी बुझाइएको उजुरीपत्र मार्फत उनीहरुलाइ अविलम्व पक्राउ गरी सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनास एवं अपराधिक उपद्रव तर्फ कारवाही चलाउन माग गरिएको छ । उजुरी मार्फत उनले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६ बमोजिम कारवाही हुनु पर्ने माग समेत गरेकी छिन । 
    उजुरीमा उनले गत वर्षको असार महिनामा सरसफाइकर्मीले काम गरेको १६ दिनको तलब बाँकी रहेको र योजना अधिकृत यादवल भुक्तानीमा बखेडा झिकेपछि करिब एकसय जना सरसफाईकर्मी काम छाडेर नगरपालिका कार्यालयको प्रवेशद्वार मै धर्नामा वसेको समेत उल्लेख गरेकी छिन । 
    योजना अधिकृत यादव कै कारण बिहीबार सरसफाईकर्मी कार्यालयको प्रवेशद्वार मै कुचो थुपारेर काम रोक्दा नगरको सरसफाई कार्य समेत प्रभावित बनेको भन्दै उनले कार्यालयमा काम गर्ने वातावरणका लागी सुरक्षा सहितका व्यवस्था मिलाउन आग्रह गरेकी छिन । 
    उनले कार्यपालिकाको निर्णयको समेत पटक–पटक वेवास्ता तथा अवज्ञा गरेका योजना अधिकृत यादवकै कारण नगरपालिकाको विभिन्न विकास निर्माण र योजनाहरु प्रभावित हुँदा प्राप्त बजेटको २० प्रतिशत रकम मात्र अहिले सम्म खर्च हुन सकेको बताएकी छिन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित रायलाई राहत प्रदान
अग्निपीडित रायलाई राहत प्रदान
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
भ्रष्टाचार नियन्त्रण र सरकार
भ्रष्टाचार नियन्त्रण र सरकार