एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान

राजविराज राजविराज
|
मंगलबार, आषाढ १०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान

सारांश

  •     मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले एक विज्ञप्ति जारि गर्दै एसपी खतिवडाको कार्यकालमा सम्पादन गरिएको महत्वपूर्ण एवम् उपलब्धिपूर्ण कार्य सार्वजनिक गर्दै सो कुरा उल्लेख छ ।
  •       एसपी खतिवडाको कार्यकालमा अबैध लागूऔषध गाँजा ६ हजार ६ सय ६६ किलो ९२० ग्राम, अबैध अन्य लागूऔषध ८ सय ७२ पिस, ब्राउन सुगर १.
  • ४ ग्राम नियन्त्रणमा लिएको, संलग्न ३५ जना पक्राउ गरि ३१ जनालाई लागूऔषध विरुद्ध मुद्दा चलाएको प्रहरी प्रबक्ता डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १० असार । 

    सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाको सप्तरी बसाइका क्रममा अबैध गाँजा नियन्त्रणदेखी अदालतबाट कैद सजाय तोकिएर फरार प्रतिवादी पक्राउ गरिएको छ । 
    मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले एक विज्ञप्ति जारि गर्दै एसपी खतिवडाको कार्यकालमा सम्पादन गरिएको महत्वपूर्ण एवम् उपलब्धिपूर्ण कार्य सार्वजनिक गर्दै सो कुरा उल्लेख छ । 
    एसपी खतिवडाको कार्यकालमा अबैध लागूऔषध गाँजा ६ हजार ६ सय ६६ किलो ९२० ग्राम, अबैध अन्य लागूऔषध ८ सय ७२ पिस, ब्राउन सुगर १.४ ग्राम नियन्त्रणमा लिएको, संलग्न ३५ जना पक्राउ गरि ३१ जनालाई लागूऔषध विरुद्ध मुद्दा चलाएको प्रहरी प्रबक्ता डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
    यसैगरी ४ सय ४ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालतमा पेश गरि २६ लाख ६१ हजार २ सय ५२ जरिवाना असुल तथा १ सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको, अबैध भन्सार चोरी निकासी २ करोड ५८ लाख ६४ हजार ३० रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइ भन्सार कार्यालयमा दाखिला गरिएको र लागूऔषध तर्फ सवारी साधन १३ बटा र अबैध भन्सार चोरी निकासी तर्फ ४६ वडा सवारी नियन्त्रण लिएको विज्ञप्तिमा जनाइएको छ । 
    स्थानीय तहहरुको सहकार्यमा जुनियर प्रहरी अधिकृत व्यारेक, प्रहरी हवलदार व्यारेक र प्रहरी जवान व्यारेकमा १० थान ए।सी जडान गरि संचालन ल्याएको, कार्यालय परिसर भित्र सेवाग्राहीहरुका लागि शौचालय निर्माण कार्य अन्तिम चरणमा रहेको, निवेदन र उजुरी तथा सेवाग्राहीको सहजताको लागि स्थानीय सरकारसंग समन्वय गरि छलफलका लागि २ कोठे भवन निर्माण कार्य भइरहेको, सप्तरी उधोग वाणिज्य संघको सहकार्यमा प्रहरीलाई शुद्व खानेपानी खुवाउनका लागि ४ थान वाटर केन्ट संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
    सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी पाएसंगै सप्तरीकै लागूऔषध गाँजा तस्करीमा संलग्न मण्डललाई पक्राउ गरेपछि एसपी खतिवडा विवादमा तानिएका थिए । हाल उनको बागमती प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएको छ भने सप्तरी प्रहरी प्रमुखको जिम्मा एसपी गौतम केसीले पाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पूर्वसांसद एवं जसपा नेता रायको निधन
पूर्वसांसद एवं जसपा नेता रायको निधन
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
दुई सातापछि भारतबाट बालक रामको उद्धार
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली