राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?

सारांश

  •     वार्ताका कुराहरु विभिन्न किसिमका सञ्चार माध्यमहरुमा आईसक्दा वार्ताको कुरा शिखर चरणमा पुग्ने गरेको तर वार्ताको कुनै पनि स्तरीय टोलीहरु गठन नभई वार्ताको प्रक्रिया नथालेकोले मधेशी जनताहरुले शंकाको दृष्टिकोणले हेरेको सन्दर्भ छ ।
  • अहिले समाजवादी पार्टीले गाउँ–गाउँमा तथा जिल्ला–जिल्लामा गई विसु संगठन विस्तारको नाममा अभियान संचालन गरिरहेका छन् भने राजपाले दुई महिनामा अध्यक्षमण्डलका संयोजक फेर्ने प्रक्रियासँगै अहिले शरत सिंह भण्डारी अध्यक्षमण्डलको संयोजक रहेको छ भने तिन चार महिना पहिले राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महत्तोलाई राजपाले वार्ता टोलीको संयोजक बनाई वार्ताको वातावरणलाई अगाडि बढाउन राजपाले निर्देशित गरेका थिए भने राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो सक्रिय रुपमा वार्ता प्रक्रियालाई तथा वातावरणलाई अगाडि बढाउनु मिहिनेत र कसरत गरेका थिए ।
  • तर त्यही बेला समाजवादी  पार्टीले सरकारमा गएको सन्दर्भ लिएर वार्ताका प्रक्रियाहरु रुकेको अवस्थामा अहिले आएर फेरि राजपा र समाजवादीले वार्ताको प्रक्रियालाई जोरतोडले अगाडि बढाइरहेको सन्दर्भको कुराहरु अघि सारिएको अवस्थामा छन् ।

अमरनाथ मण्डल
    मधेश आन्दोलनको जनादेशले दिएको सन्देशहरुको सम्मानको लागि मधेशी जनताहरुले २ नम्बर प्रदेशको राजपा र समाजवादीको तालमेलमा लडेका निर्वाचन सन्दर्भमा यी दुई पार्टीलाई मधेशी जनतालाई सम्मानजनक मत दिई राष्ट्रिय पार्टीपको दर्जामा अंकित गरेको अवस्था र सन्दर्भ लिएर मधेश आन्दोलनबाट दिशा निर्देश भएका मधेशी पार्टीहरुलाई मधेशी जनताको हितका सवालहरुमा संविधान संशोधन लगायत नागरिकता समस्या लगायतका समस्याहरुको सवालहरुमा गम्भिर भई मधेश र मधेशी जनताको हितको लागि अग्रसर रहन यी दुई पार्टीलाई मधेशी जनताले निर्वाचन तथा मधेश आन्दोलनबाट जनादेश निर्दिश गरिएको छ । 
    मधेशी जनताको जनभावना अनुसार राजपा र समाजवादीको एकीकरण हुनुपर्ने जोडतोरले उठिरहेका आवाजहरु केही  दिन यतादेखि हरेक मधेशी जनताको जनभावनामा जन लहर उत्पन्न भइरहेको कारणले गर्दा राजपा र समाजवादीले विगतका दिनमा गरेका गल्तीहरु शासकीय पार्टी नेकपासँग गरेका तालमेलहरु तथा सरकारमा जानु र सत्ता मोह देखाउनु जस्ता असुहाउदो सन्दर्भहरुलाई हेर्दाखेरी मधेशी जनताहरु निराशको मनोदशामा पुगेका थिए । तर केही दिन यता राजपाका नेताहरु दिल्ली दरवारबाट फर्किएपछि राजपा र समाजवादीबीच एकताको संकेतहरु उठन थालेको थियो । जसको परिणाम जनकपुरधाममा राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महत्तोको वक्तव्य र सप्तरीमा उपेन्द्र यादवको वक्तव्यको सन्दर्भ जोड्दा वार्ताको प्रक्रियाहरु अगाडि बढ्ने संकेतहरु देखा परिरहेका थिए । तर, वार्ताको सवालहरु उठिरहेतापनि वार्ताका गतिविधिहरु वैधानिक रुपमा, कार्यगत रुपमा र व्यवहारमा वार्ता टोलीहरुको प्रारम्भिक स्तरको गठन र सन्दर्भ नत राजपाले चालेका छन् नत समाजवादीले चालेका छन् ।
    वार्ताका कुराहरु विभिन्न किसिमका सञ्चार माध्यमहरुमा आईसक्दा वार्ताको कुरा शिखर चरणमा पुग्ने गरेको तर वार्ताको कुनै पनि स्तरीय टोलीहरु गठन नभई वार्ताको प्रक्रिया नथालेकोले मधेशी जनताहरुले शंकाको दृष्टिकोणले हेरेको सन्दर्भ छ । अहिले समाजवादी पार्टीले गाउँ–गाउँमा तथा जिल्ला–जिल्लामा गई विसु संगठन विस्तारको नाममा अभियान संचालन गरिरहेका छन् भने राजपाले दुई महिनामा अध्यक्षमण्डलका संयोजक फेर्ने प्रक्रियासँगै अहिले शरत सिंह भण्डारी अध्यक्षमण्डलको संयोजक रहेको छ भने तिन चार महिना पहिले राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महत्तोलाई राजपाले वार्ता टोलीको संयोजक बनाई वार्ताको वातावरणलाई अगाडि बढाउन राजपाले निर्देशित गरेका थिए भने राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो सक्रिय रुपमा वार्ता प्रक्रियालाई तथा वातावरणलाई अगाडि बढाउनु मिहिनेत र कसरत गरेका थिए । तर त्यही बेला समाजवादी  पार्टीले सरकारमा गएको सन्दर्भ लिएर वार्ताका प्रक्रियाहरु रुकेको अवस्थामा अहिले आएर फेरि राजपा र समाजवादीले वार्ताको प्रक्रियालाई जोरतोडले अगाडि बढाइरहेको सन्दर्भको कुराहरु अघि सारिएको अवस्थामा छन् ।
    राजपा ६ मधेशवादी दल मिलेर बनेको पार्टी भित्र अध्यक्षमण्डलमा ६ सदस्यीय रहेको सन्दर्भमा समाजवादीसँग वार्ताको प्रक्रिया बढाउन आपसि तालमेल नमिलेको कारण पनि वार्ता प्रक्रियालाई अगाडि बढाउन ढिलाई भईरहेको देखिन्छ भने सरकारबाट भर्खरै बाहिरीएका समाजवादीले सत्ता स्वाद चाखेपछि सत्ताको लागि छटपटाइरहेको सन्दर्भमा प्रदेश २ को सरकारमा समाजवादी र राजपा सहभागिता रहेकोले प्रदेश २ को सरकार पनि टुट्ने शंका र उपशंकाको बीच केन्द्रबिन्दु रहेको अवस्थामा समाजवादीका अध्यक्ष उपेन्द्र यादवले वार्ताकोलागि तलिन रहेको अवस्था देखिन्छ । 
    राजपा र समाजवादीको वार्ता प्रक्रियालाई अगाढि बढाउन मधेशका बुद्धिजिविहरुको दवावमुलक स्थितिको सिर्जना पर्नु पर्ने अवस्थामा मधेशी जनताको मर्म र भावना अनुरुप वार्ता प्रक्रिया अगाडि बढ्नु नै मधेशको हितको लागि सार्थक हुने देखिन्छ । राजपामा रहेका गाउँदेखि केन्द्रीय स्तरसम्मका नेताहरु तथा समाजवादीमा रहेका गाउँदेखि केन्द्रसम्मका नेताहरुको बीच समायोजनको प्रक्रियालाई एकीकरणमा परिवर्तन गर्न विभिन्न किसिमका वार्ता टोलीहरु गठन गरी वार्तालाई सार्थक सिद्ध गर्न प्रयासको थालनी गर्नकोलागि राजपा र समाजवादीका कार्यकर्ताहरु, नेताहरुको दवावमुलक कार्यक्रमहरु गरी सक्रियताको साथ वार्ता प्रक्रियालाई अगाडि बढाउनु आ आफ्ना पार्टीलाई दवाव दिनुपर्ने अवस्था देखिन्छ । 
    राजपा र समाजवादी एक अर्कामा समाहित गरी नेपालको वैकल्पिक शक्तिको रुपमा अगाडि बढी मधेश नायक गजेन्द्र नारायण सिंह, बाबा रामजन तिवारी जस्ता नेताहरुको सपनालाई साकार पार्नु पर्ने अवस्था अहिले देखिन्छ ।  वार्ता नभएभने यी दुवै पार्टीको अवस्था दायनिय भई बुद्धिजीविहरुको तर्क आफ्नै ठाउँमा रहेका छन् भने यी दुई पार्टीका केन्द्रीय स्तरका नेताहरु वार्ता नभए भने पार्टीको अवस्था कस्तो हुने राम्रोसँग बुझेको देखिन्छ । तसर्थ संविधान संशोधन जस्तो सवालहरुलाई संसदमा टेबुल गर्नका लागि यी दुई पार्टीको बीचमा वार्ताको अपरिहार्य देखिन्छ । 
    मधेश आन्दोलनले दिएका जनादेश र जनभावनालाई सम्मान गर्नको लागि तथा मधेशका यी दुई दलको अस्तित्वलाई कायम राख्नका लागि यी दुई पार्टीको वार्ता प्रक्रिया अगाडि बढ्नु पर्ने देखिन्छ । नत्र भोलीका दिनमा समाजवादी र राजपाको पार्टी मात्र होईन कार्यकर्ताहरु पनि विलिन हुने अवस्थाको सिर्जना हुने बेर लाग्ने छैन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
सप्तरी महोत्सव सूरु
सप्तरी महोत्सव सूरु
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान