प्रहरीको विशेष सुरक्षा योजना संचालन

राजविराज राजविराज
|
शनिबार, आश्विन २७, २०८०
|
|
२० पटक हेरिएको
Shares
प्रहरीको विशेष सुरक्षा योजना संचालन

सारांश

  •     शुक्रवार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा चाड पर्वको बेला शान्ति सुरक्षा ब्यबस्थित गर्न छिन्नमस्ता शक्तिपिठ र कंकालनी श्क्तीपिठमा विशेष सुरक्षा ब्यबस्था संचालन ल्याएको जनाएको छ ।
  •       प्रहरी नायव उपरिक्षक ढुन्डीराज नेउपानेले चाडपर्वलाई लक्षित गरी सीमा नाकाहरूमा कडाईका लागि सबै ईलाका र चौकीसहित राजमार्ग प्रमुखहरूलाई कार्यान्वयन गर्न निर्देशन दिएको जनाए ।
  •     उनले चुनौतीरूपमा रहेको लागू औषध र घरेलु मदिरा मादक पदार्थ सेवन जस्ता गतिबिधि नियन्त्रण गर्न जिल्लाभरीमा ६ सय ९० जना प्रहरीलाई परिचालन गरी सुरक्षा ब्यबस्था कडा पार्ने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 

    नजिकिदै गएको चाड पर्वलाई लक्षित गरी सुरक्षा ब्यबस्थालाई चुस्ततुरुस्त बनाउन सप्तरी प्रहरीले विशेष सुरक्षा योजना संचालनमा ल्याएको छ ।
    शुक्रवार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा चाड पर्वको बेला शान्ति सुरक्षा ब्यबस्थित गर्न छिन्नमस्ता शक्तिपिठ र कंकालनी श्क्तीपिठमा विशेष सुरक्षा ब्यबस्था संचालन ल्याएको जनाएको छ । 
    प्रहरी नायव उपरिक्षक ढुन्डीराज नेउपानेले चाडपर्वलाई लक्षित गरी सीमा नाकाहरूमा कडाईका लागि सबै ईलाका र चौकीसहित राजमार्ग प्रमुखहरूलाई कार्यान्वयन गर्न निर्देशन दिएको जनाए ।
    उनले चुनौतीरूपमा रहेको लागू औषध र घरेलु मदिरा मादक पदार्थ सेवन जस्ता गतिबिधि नियन्त्रण गर्न जिल्लाभरीमा ६ सय ९० जना प्रहरीलाई परिचालन गरी सुरक्षा ब्यबस्था कडा पार्ने जानकारी दिए । 
    सप्तरी प्रहरी प्रमुख गजुसिद्वि बज्राचार्यको नेतृत्वमा कमान्ड प्रोसेस टोली र डिएसपीको नेतृत्वमा रिजर्व टोली बनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?