पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह

राजविराज राजविराज
|
सोमबार, आश्विन २४, २०७९
|
|
४० पटक हेरिएको
Shares
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह

सारांश

  •     पार्टीका जिल्ला सचिव सनत मण्डलद्वारा जारि विज्ञप्तिमा मनोननय फिर्ता लिई पार्टीका आधिकारी उम्मेदवारलाई जिताउन आग्रह गर्दै सो नगरिए पार्टी विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
  •       सोही विज्ञप्तिमा काँग्रेस पाँच दलिय गठबन्धन भित्र रहेकोले यसमा आवद्ध अन्य दलहरुबाट पनि गठबन्धन बिपरीत उम्मेदवारी दिएकोमा उनीहरुलाई पनि मनोनयन फिर्ता लिई गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिएको छ ।
  •       यता गठबन्धनको सहमति अनुसार भागमा परेको सिटमा सहमती विपरित गठबन्धन दल भित्रकै पार्टीले अर्काे उम्मेदवार खडा गर्नू उपयुक्त नहुने काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पार्टी विपरित मनोनयन पत्र दर्ता गराएका सम्पूर्ण उम्मेदवारलाई नेपाली काँग्रेस सप्तरीले मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।  
    पार्टीका जिल्ला सचिव सनत मण्डलद्वारा जारि विज्ञप्तिमा मनोननय फिर्ता लिई पार्टीका आधिकारी उम्मेदवारलाई जिताउन आग्रह गर्दै सो नगरिए पार्टी विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ । 
    सोही विज्ञप्तिमा काँग्रेस पाँच दलिय गठबन्धन भित्र रहेकोले यसमा आवद्ध अन्य दलहरुबाट पनि गठबन्धन बिपरीत उम्मेदवारी दिएकोमा उनीहरुलाई पनि मनोनयन फिर्ता लिई गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिएको छ । 
    यता गठबन्धनको सहमति अनुसार भागमा परेको सिटमा सहमती विपरित गठबन्धन दल भित्रकै पार्टीले अर्काे उम्मेदवार खडा गर्नू उपयुक्त नहुने काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको भनाई छ । 
    उनले भने, “केन्द्रमा सहमती भएपनि जिल्लामा विथोल्नु उचित होइन, उनले भने–यसबारे गठबन्धन दलका शिर्ष नेताका साथै स्थानीयस्तरमा पनि पहल शुरु भएको छ ।” नामावली सच्याउने र उम्मेदवारी फिर्ता लिने समय दुई दिन बाकी भएकाले समस्या समाधान हुने विश्वास गरिएको छ, उनले भने । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय ३८ असहायलाई कम्बल
एक सय ३८ असहायलाई कम्बल
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
प्रजातन्त्र दिवसमा सरसफाई
प्रजातन्त्र दिवसमा सरसफाई
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह