दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजविराजस्थित रंगशालामा सरसफाई गरिएको छ ।
जिल्ला मूल समारोह समिति सप्तरीको आयोजना आयोजित सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको सभापति प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, राजविराज नगरपालिका उपप्रमुख साधना झा, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तिलक प्रसाई, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै मंगलबार साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ ।
यसअघि समितिले तीन दिवसीय रुपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने निर्णय गरेको थियो । जस अन्तरगत फागुन ७ गते प्रभातफेरी, प्रवचन तथा साँस्कृतिक कार्यक्रम र साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ ।
यसैगरि फागुन ८ गते म्युजिक चेयर कार्यक्रम, सियो धागो कार्यक्रम, राजविराज नगरपालिका अन्तरगत भिजिट नेपाल २०२० को सन्दर्भमा चित्रकला गर्ने निर्णय गरिएको छ ।
प्रजातन्त्र दिवसमा सरसफाई
सारांश
- जिल्ला मूल समारोह समिति सप्तरीको आयोजना आयोजित सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको सभापति प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, राजविराज नगरपालिका उपप्रमुख साधना झा, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तिलक प्रसाई, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
- त्यस्तै मंगलबार साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ ।
- यसअघि समितिले तीन दिवसीय रुपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया