६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा

राजविराज राजविराज
|
मंगलबार, मंसिर ४, २०८१
|
|
२० पटक हेरिएको
Shares
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा

सारांश

  •     सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा मंगलबार पीडितहरु समेतलाई राखी गरिएको छलफल कार्यक्रममा यस्तो निश्कर्ष निकालिएको हो ।
  •       बैठकका सहभागिहरुले राजविराजको मुख्य बजार तथा आसपासका गरि ६८ विगहा क्षेत्रफलमा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार हालसम्म लालपूर्जा पाउन नसकेको र नक्शापास समेत रोकिदा समस्यामा परेको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएका छन् ।
  •       उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं सप्तरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बिटौरी र ब्लक जग्गाको रोक्का र फुकुवामा रोक तथा नगर क्षेत्र भित्र सडक बनिसकेको क्षेत्रमा समेत सडक मापदण्डका नाममा नक्शापास रोकिदा उद्योग व्यवसाय धरासायी बन्न लागेको ठहरसहित आन्दोलन चर्काउनु पर्ने निष्कर्षमा पुगेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 

    करिब ६५ वर्षदेखी संघर्षरत बिटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरवासीले स्थानीय र संघीय सरकार समस्या समाधान गर्न गम्भिर नभए आन्दोलन चर्काउनु पर्ने निश्कर्ष निकालेका छन् । 
    सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा मंगलबार पीडितहरु समेतलाई राखी गरिएको छलफल कार्यक्रममा यस्तो निश्कर्ष निकालिएको हो । 
    बैठकका सहभागिहरुले राजविराजको मुख्य बजार तथा आसपासका गरि ६८ विगहा क्षेत्रफलमा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार हालसम्म लालपूर्जा पाउन नसकेको र नक्शापास समेत रोकिदा समस्यामा परेको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएका छन् । 
    उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं सप्तरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बिटौरी र ब्लक जग्गाको रोक्का र फुकुवामा रोक तथा नगर क्षेत्र भित्र सडक बनिसकेको क्षेत्रमा समेत सडक मापदण्डका नाममा नक्शापास रोकिदा उद्योग व्यवसाय धरासायी बन्न लागेको ठहरसहित आन्दोलन चर्काउनु पर्ने निष्कर्षमा पुगेका हुन् । 
    बि.स.२०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक आसपास घर निर्माण तथा पसल संचालन गरेर बस्दै आएका बिटौरी र ब्लक जग्गा बाहकले हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । सो जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी र ब्लक रसिदकै आधारमा बसोवास र विगतमा समस्या परेका बेला सोही रसिदमा उल्लेखीत जग्गा बैंक र बित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु विगत ७ वर्षदेखी सो सेवा सुविधाबाट बञ्चित छन् । 
    छलफलमा सहभागिहरुले पहिले पहिले बिटौरी रसिदकै आधारमा बैंकमा जग्गा धितो राखी ऋण कर्जा पाउदै आएको व्यवस्था पुनः कायम गर्नुपर्ने र यसका लागि आन्दोलनमार्फत सरकारमाथी दबाव दिनुपर्ने सुझाव दिएका छन् । 
    बैठकमा पूर्व प्रधानाध्यापक बिजयानन्द झा, सगरमाथा यातायात व्यवसायी संघका पूर्वअध्यक्ष निरुलहोदा अंसारी, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष मनोज मुन्धडा, महासचिव अमृत संचेती, कोषाध्यक्ष प्रमोद काबरा, सल्लाहकार बैजु जोशीका साथै सामाजिक अगुवा राधेश्याम रमण, बिन्देश्वरप्रसाद साह बिन्दी, बैधनाथ मुन्धडा, बद्री स्वर्णकार, प्रभातकुमार ललन, सुबि यादव, शिवनारायण साह, जगत भंसाली लगायतले आ–आफ्नो धारणा राखेका थिए । 
    छलफल कार्यक्रमको अध्यक्षता गरेका प्रधानले बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि आवश्यक आन्दोलन कार्यक्रम तय गर्न सहभागिहरुले सुझाव, एक्यबद्धता र समर्थन जनाएको भन्दै छिट्टै अर्को बृहत बैठकबाट संघर्ष समिति गठन गरि आन्दोलन कार्यक्रम घोषणा गरिने जानकारी दिए । 
    एकसाता अघि मात्र नेपाली काँग्रेस सप्तरीको अगुवाईमा समेत नगर क्षेत्रको बिटौरी र ब्लक जग्गाको समस्या समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
लक्ष्मीको हत्या भएको परिवारको दाबी
लक्ष्मीको हत्या भएको परिवारको दाबी
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध