दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयमा अध्ययनरत १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक र विद्यालय कर्मचारी विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गएपछि १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका हुन् ।
सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा उत्रेका कारण विगत चार दिनदेखि सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डलले ती विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखी १२ का १ लाख ३४ हजार २ सय ३० विद्यार्थीको पढाई अवरुद्ध बनेको जानकारी दिए ।
जिल्लाको ४ सय ३९ सामुदायिक विद्यालयमा कार्यरत १ हजार ५ सय ९३ शिक्षक मध्ये अधिकांश नेपाल शिक्षक महासंघको आह्वानमा गरिएको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन त्यस तर्फ गएका छन् । जस कारण जिल्लाका सबै सामुदायीक विद्यालय विगत चार दिन देखी सुनसान रहेको विद्यार्थी र अभिभावकहरुले बताएका छन् ।
गत भदौ २७ गते संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामा विमती राख्दै शिक्षकहरुले आन्दोलन चर्काएका हुन ।
काठमाडौंमा रहेका सप्तरीका शिक्षक तथा नेपाल शिक्षक महासंघका विशिष्ट केन्द्रिय सदस्य मनोज मण्डलले शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयक प्रावधानहरु माग अनुसार सरकारले सच्याए मात्र जिल्ला फर्किने बताएका छन् ।
उनले विधेयकमा शिक्षकको नियुक्ती, सरुवा बढुवा, कार्यसम्पादन, मुल्याँकन, कारवाहीमा स्थानीय तहलाई भुमिका दिएकोमा मान्य नरहेको भन्दै स्थानीयतहलाई शिक्षकको रेखदेख र नियमन गर्ने अधिकार दिदा जनप्रतिनिधीबाट मनोमानी हुने बताए ।
नेपाल टे«ड युृनियक काँग्रेस सप्तरीका अध्यक्ष समेत रहेका उनले यो भुमिका केन्द्र वा त्यस अन्तर्गतको शिक्षा कार्यालय वा प्रदेश सरकार मातहत हुनु पर्ने आफुहरुको माँग रहेको बताए । उनले काठमाण्डौंमा सरकार संग वार्ता र आन्दोलन दुबै साथ चलिरहेको जानकारी समेत दिए ।
शिक्षक र विद्यालय कर्मचारीको आन्दोलनका कारण सामुदायीक विद्यालय सुनसान देखिएपनि यहाँका निजी विद्यालयको पठन पाठन भने रोकिएको छैन । जसकारण सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राका साथै उनका अभिभावक पनि निराश भएका छन् ।
विद्यार्थीको पढ्ने अधिकार हनन् नहुने गरी सरकार, शिक्षक र सबै सरोकारवालाहरु सँग गम्भिर छलफल गरी यस समस्याको सिघ्र समाधान खोज्न यहाँका अभिभावक तथा विद्यार्थीले माँग गरेका छन् ।
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सारांश
- नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक र विद्यालय कर्मचारी विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गएपछि १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका हुन् ।
- सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा उत्रेका कारण विगत चार दिनदेखि सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ ।
- शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डलले ती विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखी १२ का १ लाख ३४ हजार २ सय ३० विद्यार्थीको पढाई अवरुद्ध बनेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया