बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी

राजविराज राजविराज
|
मंगलबार, बैशाख १९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी

सारांश

  •     त्यति बेला एघार जना शिक्षक तथा चार सय विद्यार्थी अध्ययनरत रहेको उक्त बालमन्दिरमा बजेट तथा साधन स्रोतको कमी भएसँगै अहिले विद्यार्थी संख्या पनि घट्दै गएको छ ।
  •     मंगलबार बालमन्दिरको निरीक्षणका लागि पुगेका मधेश प्रदेशका शिक्षा विज्ञान प्रबिधि मन्त्री महेशप्रसाद यादवले अवस्था हेरेर आश्चर्यमा परे ।
  • आफू यसै बाल मन्दिरमा वाल्यकालमा अध्ययन गरेको भन्दै उनी संस्थाको जीर्ण भवन, घटेको विद्यार्थी संख्या देखेर दुःखित भए ।

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख । 

    बि.स. २०२६ सालमा तत्कालीन बडा महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्वारा उद्घाटन गरि पठनपाठन सुरु भएको राजविराज ७ स्थित बाल मन्दिरको अवस्था अहिले बेहाल भएको छ । 
    त्यति बेला एघार जना शिक्षक तथा चार सय विद्यार्थी अध्ययनरत रहेको उक्त बालमन्दिरमा बजेट तथा साधन स्रोतको कमी भएसँगै अहिले विद्यार्थी संख्या पनि घट्दै गएको छ ।
    मंगलबार बालमन्दिरको निरीक्षणका लागि पुगेका मधेश प्रदेशका शिक्षा विज्ञान प्रबिधि मन्त्री महेशप्रसाद यादवले अवस्था हेरेर आश्चर्यमा परे । आफू यसै बाल मन्दिरमा वाल्यकालमा अध्ययन गरेको भन्दै उनी संस्थाको जीर्ण भवन, घटेको विद्यार्थी संख्या देखेर दुःखित भए । 
    निरीक्षणकै क्रममा मन्त्री यादवको आँखा बाल मन्दिर प्राङ्गणको एउटा कुनामा थोत्रो अवस्थामा राखिएको रिक्सामाथी परेपछि उनले आफू पढ्दै गर्दा सञ्चालनमा रहेको सोही रिक्साबाटै विद्यार्थी ओसारपोसार गर्ने गरेको सम्झिए । उनले रिक्साको अवस्था देखेर बाल मन्दिरकी प्रधानाध्यापक शान्ति झासँग सोध्दा रिक्सा चालकलाई तलब दिन सक्ने क्षमता नरहेकोले एउटा कुनामा थन्क्याईएको बmस्बताइन् । 

    प्रधानाध्यापक झाले रिक्साको अवस्था बारे मन्त्री यादवलाई जानकारी गराउँदै पाँच कोठे भवन जीर्ण भएका कारण जेनतेन मर्मत सम्भार गरी सञ्चालनमा ल्याईएका दुई वटा कोठामा समूह बनाएर पाँच कक्षा सम्मको पढाई सञ्चालन गरिरहेको बताइन् । 
    अहिले ४ जना शिक्षकबाट पढाई संचालनमा रहेको र चालु शैक्षिक सत्रमा कक्षा १ मा २०, २ मा १५, ३ मा १७, ४ मा ११, ५ मा १० र बाल विकासमा १७ विद्यार्थी अध्ययनरत रहेको प्रअ झाले मन्त्री यादवलाई जानकारी गराइन् । 
    सोही क्रममा जीर्ण भवनको मर्मत, स्वच्छ पिउने पानीको व्यवस्था तथा खेलकूद सामग्रीको व्यवस्था आवश्यक रहेको मन्त्री यादवलाई विद्यालयका तर्फबाट जानकारी गराईएको छ । 
    पाँच कक्षासम्म पठनपाठन हुने बालमन्दिरमा त्यो वेला सयौं वालवालिका अध्ययनकालागि आउने गरेकोमा अहिले ९० जनामा मात्रै सिमित रहेको जानकारी पाउँदा मन्त्रि यादव निकै खिन्नता व्यक्त गरे । 
    हाल संघीय सरकार मातहत रहेको बालमन्दिरको अवस्था सुधार्नकालागि बजेटको आवश्यकता रहेको शिक्षा अधिकृत भोगेन्द्र यादवले जानकारी गराएका छन् । 
    बाल मन्दिरको अवस्था बारे पूर्ण जानकारी लिइसकेपछि मन्त्री यादवले पुरानै अवस्थामा फर्काई नमूना विद्यालय बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता