मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
४० पटक हेरिएको
Shares
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु

सारांश

  •     ईस्लामी संघ नेपाल सप्तरीको संयोजनामा दाईजो प्रथाको अन्त्यको माँग गर्दै छोरीलाई दाईजो होइन, पैतृक शिक्षा अंश दियौ भन्ने नारासहितको ¥याली निकाल्दै अभियानको सुरुवात गरेको हो ।
  •       विशेष गरी तराई–मधेशमा सामाजिक कुरितीको रुपमा जडो गाड्दै गएको दाईजो प्रथालाई अन्त्य गर्नका लागि स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको महिला, बालबालिका र पुरुष सहभागी ¥यालीले नगर क्षेत्र परिक्रमा गरी जनआन्दोलन चौकमा कोण सभा गरेको छ ।
  •       कोण सभालाई सम्बोधन गर्दै इस्लामी संघ नेपाल सप्तरीका अध्यक्ष मो.

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
    सप्तरीका मुश्लिम समुदायले दाइजो प्रथाको अन्त्य गर्न माँग गर्दै मंगलबार देखि १० दिने अभियानको सुरुवात गरेको छ । 
    ईस्लामी संघ नेपाल सप्तरीको संयोजनामा दाईजो प्रथाको अन्त्यको माँग गर्दै छोरीलाई दाईजो होइन, पैतृक शिक्षा अंश दियौ भन्ने नारासहितको ¥याली निकाल्दै अभियानको सुरुवात गरेको हो । 
    विशेष गरी तराई–मधेशमा सामाजिक कुरितीको रुपमा जडो गाड्दै गएको दाईजो प्रथालाई अन्त्य गर्नका लागि स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको महिला, बालबालिका र पुरुष सहभागी ¥यालीले नगर क्षेत्र परिक्रमा गरी जनआन्दोलन चौकमा कोण सभा गरेको छ । 
    कोण सभालाई सम्बोधन गर्दै इस्लामी संघ नेपाल सप्तरीका अध्यक्ष मो. कलिमुज्जा खाँले सर्वसाधारणमा दाइजो विरुद्घ चेतना विस्तार गर्ने लक्ष्य सहित १० दिने अभियान थालिएको बताए । 
    दाईजो प्रथाले छोरीको पढाई र कतिपयको जिवन नै बर्बाद गर्न थालेपछि यसलाई निरुत्साहित गर्न थालिएको १० दिने अभियानले मद्दत पुग्ने प्रदेश २ को प्रमुखको स्वकिय सचिव मो. युसुफको भनाई छ ।  
    समाजमा दाईजो लिने र दिने प्रवृतिलाई निरुत्साहित गर्ने मुख्य उद्देश्यका साथ सुरु गरिएको अभियान जिल्लाका सवै १८ वटै स्थानिय तहमा पु¥याउने संघले बताएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी
गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर