अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित

राजविराज राजविराज
|
सोमबार, मंसिर २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित

सारांश

  •     राजविराज नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार विभिन्न माँगहरु तथा आन्दोलनका कार्यक्रम सम्मिलित ज्ञापनपत्र नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेश कुमार राजलाई बुझाएका छन् ।
  •       बुझाइएको ज्ञापनपत्रमा स्थानिय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाईसर्वोच्च अदालतको आदेश समेतका आधारमा विशेष प्रतियोगिता मार्फत स्थायी गर्ने र सेवा अवधी गणनाका आधारमा हुने बृत्ति विकासको सुनिश्चितता गर्न माँग गरिएको छ ।
  • त्यस्तै काठमाडौं उपत्यका लगायतका स्थानिय तहमा फोहरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभूती नगरी नीजि क्षेत्रमा लैजान लागेको सो कार्य तत्काल रोकी सोही क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी गर्न माँग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले संघीय निजामति कर्मचारीहरुलाई प्रदेश तथा स्थानिय तहमा समायोजन गर्दा अपनाईने सिद्धान्त व्यवहार र मापदण्डकै आधारमा साविक स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत अध्यादेशमा संशोधन, परिमार्जन गर्ने व्यवस्थाको माँग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
    राजविराज नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार विभिन्न माँगहरु तथा आन्दोलनका कार्यक्रम सम्मिलित ज्ञापनपत्र नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेश कुमार राजलाई बुझाएका छन् । 
    बुझाइएको ज्ञापनपत्रमा स्थानिय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाईसर्वोच्च अदालतको आदेश समेतका आधारमा विशेष प्रतियोगिता मार्फत स्थायी गर्ने र सेवा अवधी गणनाका आधारमा हुने बृत्ति विकासको सुनिश्चितता गर्न माँग गरिएको छ । त्यस्तै काठमाडौं उपत्यका लगायतका स्थानिय तहमा फोहरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभूती नगरी नीजि क्षेत्रमा लैजान लागेको सो कार्य तत्काल रोकी सोही क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी गर्न माँग गरिएको छ । 
    यसैगरि ज्ञापनपत्र मार्फत घोषणा गरिएको आन्दोलनका कार्यक्रम अनुसार मंसिर २३ गतेदेखी २९ सम्म प्रचार प्रसार, पुस १ गतेदेखी ६ गतेसम्म कार्यालयको दैनिक कामकाज यथावत राख्दै कर्मचारी भेला र आन्दोलनको औचित्य बारे जानकारी, बैठक, रणनीति तयार गर्ने, पुस ८ गते स्थानिय स्तरमा समायोजन अध्यादेश अगाडी राखेर १ मिनेट मौन धारण, ९ गते २ मिनेट, १० गते १५ मिनेट शंख फुक्ने कार्यक्रम, ११ गते २५ मिनेट, १२ गते कालो फेटा बाँधेर कामकाज तथा १३ गते कालो फेटा बाँधेर १० बजेदेखी १०ः१५ सम्म कलम बन्द गर्ने जनाइएको छ ।     त्यस्तै पुस १५ देखी २० गतेसम्म सोही आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै १७ गतेदेखी प्रत्येक दिन १÷१ घण्टा बढाएर २० गते कार्यलय समय ३ बजेसम्म कलम बन्द गर्ने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
पत्रकार मेहताको निधनले महासंघ स्तब्ध
पत्रकार मेहताको निधनले महासंघ स्तब्ध
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई लाख बराबरको मेशिनरी समान बरामद