दुई सातादेखि विद्यालय नगएका छात्र मृत फेला, २६ वर्षिया महिलाद्वारा आत्महत्या 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको तिरहुत गाउँपालिक ५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज ३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए ।
  • यता डेरा नजिकै रहेको विद्यालय विगत दुई सातादेखि उनी गएका थिएनन ।
  •       यसअघि घरधनी साहले बुधवार विहान उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    राजविराजस्थित ह्यापील्याण्ड सेकेन्ड्री स्कूलमा कक्षा ९ मा अध्ययनरत १८ वर्षिय गौतम यादव बुधवार आफ्नै डेरामा पंखाको फलामे रडमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 
    सप्तरीको तिरहुत गाउँपालिक ५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज ३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए । यता डेरा नजिकै रहेको विद्यालय विगत दुई सातादेखि उनी गएका थिएनन । 
    यसअघि घरधनी साहले बुधवार विहान उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए । 
    जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले मुचुल्का उठाई गौतमको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको छ ।
    यसैबीच बुधवारै सप्तरीको कन्चनपुर नगरपालिका ५ मा एक महिलाले आत्महत्या गरेकी छिन् । 
    सो वडाको पिप्रा पुर्व गाउँ बस्ने २६ वर्षिया माला चौधरीले घाटीमा साडीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
    घर पछाडि रहेको आँपको रुखमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरिर फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?