वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी

राजविराज राजविराज
|
बिहिबार, बैशाख १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी

सारांश

  •     राजबिराज नगरपालिका वडा नं.
  • ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं.
  • ८ र ९ बिजयी भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
    राजविाजमा संचालित वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गरेको छ । 
    राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं. ८ र ९ बिजयी भएको हो । 
    पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगितामा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए । 
    वडा नं. ८ का लागि इमरान जोशीले बिष्फोटक ब्याटिंग गर्दै ३० बलमा ७ चौक्का र ४ छक्काको मद्धतले ६० रनको योगदान दिएका थिए भने मुकेश यादव २३ तथा मनिश मण्डल १८ ले उनलाई राम्रो साथ दिएका थिए । 
    यता बलिंग तर्फ वडा नं. ७ का तर्फबाट प्रियांस श्रेष्ठ र अमर यादवले सामान ३ बिकेट तथा चन्द्रप्रकाश मेहता र जितेन्द्र मण्डलले क्रमशः २ र १ बिकेट लिएका थिए । यस्तै १ सय ३६ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ७ ले १६ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई ९८ रनमै सिमित भएका थिए । वडा नं. ७ को तर्फबाट चन्द्र प्रकास मेहता ३७, अभिजित पेरिवाल १२, प्रियांस श्रेष्ठ १३ तथा प्रिन्स लोडाले ११ रनको योगदान दिएका थिए । 
    वडा नं. ७ लाई सस्तोमा समेटनवडा नं. ८ का तर्फबाट रामचन्द्र मेहताले ३ तथा मनिश मण्डल, अभिजित यादव र रवी रायले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ८ का तर्फबाट बिस्फोटक ब्याटिंग गर्ने इमरान जोशि घोषित भएका थिए । 
    बिहिवारै सम्पन्न अर्को खेलमा वडा नं. ९ ले टस जिती पहिलो ब्याटि. गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ३० रनको योगफल तयार पारेका थिए । वडा नं. ९ का लागि मो इकवाल डिसीले ३६, प्रविन साह २३ तथा अभिशेक सिंहले १इ रन बनाएका थिए भने अभिशेक यादव १३ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ वडा नं. २ का तर्फबाट प्रमोद यादवले ३ तथा अशोक मेहता र सिमान्त राईले सामान १ बिकेट लिएका थिए । 
    १ सय ३१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. २ का खेलाडि १५ ओभर ५ बलमै धरासायी हुदै १ सय ६ रनमै समेटिएको थियो । वडा नं. २ का तर्फबाट बिजयी मण्डलले ३७, शिवनन्दन मण्डल १३, रवी राय १० तथा प्रमोद यादव १० रनमा नटआउट रहेका थिए । वडा नं. २ लाई सस्तोमा समेटन वडा नं. ९ का अमर यादवले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा ८ रन दिई महत्वपुर्ण ५ बिकेट लिन सफल भएका थिए भने प्रहलाद चौधरी र मो सादिकले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच घातक बलिंग गर्ने वडा नं. ९ का मो सदिक घोषित भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट  समाजसेवी दास सम्मानित 
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट  समाजसेवी दास सम्मानित 
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
नेजपाको फरक शैलीमा चुनावी अभियान
नेजपाको फरक शैलीमा चुनावी अभियान
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला