दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा “ग्लोबल ह्युमन राइट्स इण्डो–नेपाल” मित्रता पुरस्कारबाट ८ जना नेपालीलाई सम्मान गरिएको छ ।
ग्लोबल ह्युमन राइट्स प्रोटेक्सन फाउण्डेशन रिसर्च इन्स्टिच्युटद्वारा सोमबार आयोजित एक कार्यक्रमबीच ८ जना नेपालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा सप्तरीकी सुनिता साह “क्रान्ति”, मो. अनवर अली, मिश्रिलाल मधुकर, नेत्रबिक्रम साह, डा. नवलकिशोर साह, डा. अनिसा अछामी, समोदकुमार साह र कामेश्वर साह छन् ।
मानवअधिकार, महिला शसक्तिकरण, सामाजिक न्याय तथा कोरोना कालमा पीडित भएकाहरुको विभिन्न माध्यमले सहयोग पु¥याएवापत उनीहरुलाई सो पुरस्कारबाट सम्मानित गरिएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष महानन्द सरकारले बताए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी अशोक अग्रवालले सम्मानपत्र, प्रतिक चिन्ह र मेडल प्रदान गरे । उक्त संस्थाले प्रत्येक वर्ष मानवअधिकार, महिला शसक्तिकरण, सामाजिक न्याय र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका अभियन्ताहरुलाई छनौट गरि पुरस्कृत गर्दै आएको छ ।
भारतमा ८ नेपाली सम्मानित
सारांश
- ग्लोबल ह्युमन राइट्स प्रोटेक्सन फाउण्डेशन रिसर्च इन्स्टिच्युटद्वारा सोमबार आयोजित एक कार्यक्रमबीच ८ जना नेपालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
- सम्मानित हुनेहरुमा सप्तरीकी सुनिता साह “क्रान्ति”, मो.
- अनवर अली, मिश्रिलाल मधुकर, नेत्रबिक्रम साह, डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया