दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
बिहिबार, आषाढ १४, २०८०
|
|
७४ पटक हेरिएको
Shares
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा

सारांश

  •     रायको राजविराजस्थित सिन्हा लँजमा mभस्असार ९ गते हत्या भएको परिवारका सदस्यले दाबी गरिरहेको बेला उनका केटी साथी बिराटनगर उपमहानगरपालिका बाँसबारी बस्ने पार्वती ऋषीलाई नियन्त्रणमा लिई प्रहरी अनुसन्धान सुरु गरेको हो ।
  •       २१ वर्षिय रायको सिन्हा लँजको १०७ नम्बर कोठामा पाँच दिन अघि मृत शरीर फेला परेको थियो ।
  • मृतकका हजुरबुबा नागेश्वरले बिहीबार संचारकर्मीहरुलाई न्यायका लागि गुहार गर्दै नातीको हत्या भएको दाबी गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ असार । 

    राजविराज २ निवासी दिपक रायको मृत्यु प्रकरणमा उनका केटी साथीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । 
    रायको राजविराजस्थित सिन्हा लँजमा mभस्असार ९ गते हत्या भएको परिवारका सदस्यले दाबी गरिरहेको बेला उनका केटी साथी बिराटनगर उपमहानगरपालिका बाँसबारी बस्ने पार्वती ऋषीलाई नियन्त्रणमा लिई प्रहरी अनुसन्धान सुरु गरेको हो । 
    २१ वर्षिय रायको सिन्हा लँजको १०७ नम्बर कोठामा पाँच दिन अघि मृत शरीर फेला परेको थियो । मृतकका हजुरबुबा नागेश्वरले बिहीबार संचारकर्मीहरुलाई न्यायका लागि गुहार गर्दै नातीको हत्या भएको दाबी गरेका छन् । नातीको मृत्यु भएको पाँच दिन बितिसक्दा पनि पोस्टमार्टम रिपोर्ट तथा घटनाको सत्यतथ्य प्रहरीले सार्वजनिक नगरेको उनको गुनासो पनि छ । घटना बारेमा सत्यतथ्य बुझी चाडो भन्दा चाडो छानबिन गरि यथासिघ्र दोषि पत्ता लगाई कारवाही गर्न परिवारजनले स्थानिय प्रशासनसँग माग समेत गरेका छन् । 
    मृतकका बुबा मुकेशका अनुसार छोरा दिपक आफ्नो केटी साथी पार्वती ऋषिसँग असार ७ गते देखी सो लँजमा बस्दै आएका थिए । दुई दिनपछि असार ९ गते उनी बसेकै कोठामा मृत अवस्थामा फेला परेका थिए । उनीसँगै रहेकी पार्वतीले आफु बाथरुमतिर गएको बेला भित्रबाट चुकुल लगाई भेन्टिलेशनमा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको बताउँदै आएकी छिन् । 
    तर, दिपकका परिवारजनले आत्महत्या नभई केटी र उनका आफन्तको मिलोमतोमा हत्या गरेको दाबी गरेका छन् । दिपकका बुबा मुकेशले मृत्युको प्रकृती र घटनास्थलको अवस्थाले त्यो आत्महत्या नभई हत्या नै भएको पुष्टि गरिरहेको बताए । छोराको नाक, मुखमा चोटको दाग देखिनु, रगत बगिरहनु झुण्डिएको भनिएपनि प्रहरी पुग्दा शव भुईमा भेटिनु, शरीरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बुबा मुकेशले बताए । 
    उनले केटीका आफन्तबाट मोबाइलमार्फत बेला बेलामा छोरालाई ज्यान मारिदिने धम्की आउने गरेको र सो रेकर्ड आफुसँग सुरक्षित रहेको समेत जानकारी दिएका छन् । उनले शुक्रबार प्रहरीमा यस बारे जाहेरी दर्ता गर्ने जानकारी दिएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले घटनास्थलको प्रकृतीले आत्महत्या हुन सक्ने देखिएपनि पोष्टमार्टम रिपोर्ट आइसकेपछि सबै सत्यतथ्य जानकारी गराउने बताए । उनले दिपकका केटी साथीलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।     
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
बिउ, मल, खादको व्यवस्था गर्न माग
बिउ, मल, खादको व्यवस्था गर्न माग
तिलाठीमा तीन घर जलेर नष्ट
तिलाठीमा तीन घर जलेर नष्ट
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?