दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
राजविराजस्थित गजेन्द्र नरायण सिंह अस्पताल हाताभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभाव भएको छ ।
गर्मीसँगै विभिन्न रोगको संक्रमणले पीडित भई बिरामीको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि बिरामीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटासाट प्रणाली लागु गरिएको छ । रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ ।
केन्द्र इन्चार्ज नवीनकुमार झाका अनुसार रक्तदाताहरु अहिले कम हुँदै गएकाले रगत लिन आउने बिरामीका आफन्तको रगत लिएर सोही परिमाणमा बिरामीलाई चाहिने समूहको रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव तथा विशेष अवसरमा मात्र रक्तदान गर्ने तर, बाह्ै महिना रगतको माग हुने गरेका कारण समस्या हुने गरेको उनले बताए ।
दैनिक ५÷६ युनिट रगतको माग रहेपनि सो परिमाणमा रगत संकलन हुन नसक्दा समस्या हुने गरेको इन्चार्ज झाले सुनाए । बिरामीको चाप बढ्दै गएपछि रगतको अभाव हुँदा अस्पताल भर्ना भएका कतिपय बिरामीको आफन्त रगत खोज्दै विभिन्न संघसंस्था र व्यक्तिदेखी प्रहरी र सेनासम्म पुग्ने गरेका छन् ।
यता एक महिना यता रगत खोज्दै पुगेका आधा दर्जन भन्दा बढी बिरामीका आफन्तलाई भिम दल गणका सेनाले रगत उपलब्ध गराएर ज्यान जोगाएको गणका प्रमुख सेनानी गुप्त बत्रहादुर कुँवरले बताए ।
रक्तदानमा यूवाहरुको सहभागिता उल्लेखीय संख्यामा रहने गरेकोमा अधिकांश यूवाहरु बैदेशीक रोजगारका लागि विदेश पलायन हुने गरेकाले पनि रक्तदान गर्नेहरुको संख्यामा कमी आएको गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको भनाई छ ।
एक सरकारी अस्पताल तथा एक दर्जनको संख्यामा निजि अस्पताल र क्लिनिकहरु रहेको राजविराजमा सबै ठाउँबाट प्राय जसो रगतको माग भइरहन्छ । तर, संकलन थोरै हुने गरेकाले उत्पन्न समस्या समाधान गर्न सबै मिलेर रक्तदान कार्यक्रमलाई निरन्तरता र प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरुको भनाई छ ।
रगतको अभाव भएपछि साटासाट प्रणाली लागु
सारांश
- गर्मीसँगै विभिन्न रोगको संक्रमणले पीडित भई बिरामीको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि बिरामीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
- नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटासाट प्रणाली लागु गरिएको छ ।
- रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया