दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
प्रभातफेरी, विचार गोष्ठी, सरसफाई र वृक्षारोपण गरि बुधबार सप्तरीमा १२ औं गणतन्त्र दिवस मनाइएको छ ।
यस अवसरमा नेपाली काँग्रेस सप्तरीद्वारा राजविराजमा प्रभातफेरी तथा विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । पार्टी कार्यालयबाट सभापति दिनेश कुमार यादव तथा केन्द्रीय प्रतिनिधि विरेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥याली गजेन्द्र चौक, नेता चौक, सिरहा रोड, अदालत रोड हुँदै बजारका मुख्य भागको परिक्रमा गरेको थियो ।
प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीका सहभागीहरुले नेपाली जनताको महान त्याग र बलिदानी पूर्ण संघर्षबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
यस्तै गणतन्त्र दिवस मुल समारोह समिति सप्तरीले वृक्षारोपण, प्रभातफेरी, सांस्कृतिक तथा प्रवचन कार्यक्रमको आयोजना ग¥यो भने राजविराज नगरपालिकाले नगर सरसफाई, उद्योग वाणिज्य संघ सप्तरीले बिरामीहरुलाई फलफूल वितरण तथा स्थानीय सि.एफएमले परिसंवाद कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएका छन् ।
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
सारांश
- यस अवसरमा नेपाली काँग्रेस सप्तरीद्वारा राजविराजमा प्रभातफेरी तथा विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
- पार्टी कार्यालयबाट सभापति दिनेश कुमार यादव तथा केन्द्रीय प्रतिनिधि विरेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥याली गजेन्द्र चौक, नेता चौक, सिरहा रोड, अदालत रोड हुँदै बजारका मुख्य भागको परिक्रमा गरेको थियो ।
- प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीका सहभागीहरुले नेपाली जनताको महान त्याग र बलिदानी पूर्ण संघर्षबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया