दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
अखिल मधेशी दलित अभियान सप्तरीले दलित जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।
विहिबार भारदहमा आयोजित पत्रकार सम्मेलन मार्फत अखिल मधेशी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले दस्तावेज सार्वजनीकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
मधेशी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनैतिक बहिष्करणको सिकार हुदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्रप्तिको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्ने संयोजक खंगले बताए ।
पत्रकार सम्मेलनमा संयोजक खंगले संगठनले अखिल मधेसी दलित (जन जागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेका बताए ।
उक्त पत्रकार सम्मेलनमा राज्यको हरेक अंगमा मधेसी दलितको लागि राजनीतिक सहभागिता जनसंख्याको आधारमा सुनिश्चित गर्ने र रोटी, लुगाफाटा र आवाश मधेशी दलितहरूको लागि उपलब्ध गराउपर्ने भन्दै २१ बुदैं माग प्रस्तुत गरेको थियो ।
उक्त पत्रकार सम्मेलनमा अभियानका सदस्यद्धय निरज कुमार रजक र मधु कुमारी मण्डल समेतको उपस्थिती रहेका थिए ।
दलित जनजागरण अभियान सञ्चालन हुने
सारांश
- विहिबार भारदहमा आयोजित पत्रकार सम्मेलन मार्फत अखिल मधेशी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले दस्तावेज सार्वजनीकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
- मधेशी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनैतिक बहिष्करणको सिकार हुदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्रप्तिको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्ने संयोजक खंगले बताए ।
- पत्रकार सम्मेलनमा संयोजक खंगले संगठनले अखिल मधेसी दलित (जन जागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेका बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया